Hot News
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको राजीनामा, महाअभियोगप्रति असन्तुष्टी ; प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग, कामुमा गोपाल पराजुलीलार्इ नियुक्त गर्ने तया ; बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार ; बक्स अफिस लागू गर्ने तयारी ; संरक्षकको शानदर जीत, ईराको उदय,
Home > News > News

युनाइटेड क्लबको २८ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

Wednesday, 07.22.2015, 11:13am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
      १९ जुलाई, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको २८ औं अपग्रेडिङ्ग टेष्ट मङकक स्थित फा युन स्पोर्ट सेन्टरमा सम्पन्न भयो ।
       क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा १५५ जना खेलाडीहरुले टेष्ट दिएका थिए भने शनिबार क्लासका ३५ जना खेलाडीहरुले अघिल्लो दिन सोही स्थानमा टेष्ट दिएका थिए ।
      सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण्दो सम्बन्धि विविध आकर्षक कलाहरु समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा २६ जुनमा सम्पन्न हङकङव्यापी कलर तथा ब्लाक बेल्ट स्पारिङ कम्पिटिशन २०१५ मा सहभागी खेलाडीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
      जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, माउन्सान, ताइपो, लगायत हङकङका विभिन्न स्थानमा गरी ८ वटा ब्रान्च रहेको उक्त क्लबमा ३०० बढि स्टुडेण्टहरु रहेका छन भने हङकङमा आयोजना गरिने विभिन्न स्पारिङ तथा पुम्से (प्याटर्न) प्रतियोगिताहरुमा सहभागिता जनाउँदै विभिन्न मेडलहरु समेत प्राप्त गर्दै आइरहेको क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईले बताए ।





Hot News

 

SEARCH

Newsletter

Top