Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > News

एन.आर.एन. हङकङको ललित आङबुहाङ प्यानलद्धारा जानकारी सभा सम्पन्न

Wednesday, 07.22.2015, 12:26am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
      १९ जुलाई, हङकङ– गैरआवासीय नेपाली संघ (NRN) हङकङका अध्यक्ष पदका प्रत्याशी ललित आङबुहाङ तथा वहाँका प्यानलद्धारा जोर्डन स्थित याक एण्ड यती रेष्टुरेण्टमा जानकारी तथा प्रचार सभा कार्यक्रम सम्पन्न गर्यो ।
       कार्यक्रममा उपस्थित हङकङबासी बुद्धिजिवी, व्यापारी, समाजसेवी, पत्रकार लगायत वहाँका शुभचिन्तकहरुद्धारा शुभकामना मन्तव्यसंगै सवाल जवाफ तथा आवश्यक राय सुझाव समेत पेश गरेका थिए । यसरी शुभकामना मन्तव्य राख्नेहरुमा व्यावसायी एम.बि. गुरुङ, समाजसेवी भुपेन्द्र चेम्जोङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा, किरात राई यायोक्खाका अध्यक्ष शशी मदन राई, डा.अनिल राई, एभरेष्ट साप्ताहिकका सम्पादक तथा प्रकाशक किसन राई, हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष एवं वरिष्ट सल्लाहकार हेम लिम्बु, एन.आर.एन.हङकङका पूर्व उपाध्यक्ष सत्रुधन उदाश आदि रहेका थिए ।
       प्राय सबै वक्ताहरुले स्थापनाकाल देखि नै एन.आर.एन. हङकङ हङकङबासी समस्त नेपालीहरुको हित अनुकुल साझा संस्थाको रुपमा नरही एउटा व्यक्ति तथा तिनको सानो समुहको गोजिमा रहँदै आएकोमा असन्तुष्टी पोख्दै, आज पनि त्यहि समुहले आफ्नो श्वार्थमा केहिलाई बलिको बोका बनाईरहेको भन्दै ललित आङबुहाङ प्यानलका उम्मेद्धारहरु जातिय, क्षेत्रिय, पेशागत लगायत विविध हिसाबले हेर्दा र उनिहरुको विगतका कामहरुलाई नियाल्दा पनि धेरै नै विश्वसनिय रहेको बताउँदै उक्त समुहले भोली गएर विजय प्राप्त गरेको खण्डमा धेरै राम्रा कामहरु गर्नेमा आफुहरु आश्वस्त रहेका बताए । 
      
महासचिवका प्रत्यासी निरन्जन गुरुङद्धारा संचालन गरिएको उक्त कार्यक्रममा अन्य सबै उम्मेद्धारहरुले पनि आ–आफ्नो परिचय दिएका थिए भने अध्यक्षका प्रत्यासी ललित आङबुहाङले घोषणा पत्र मार्फत यस अघिनै प्रतिबद्धता जनाइसकेका १३ बुद्धाहरुको अलवा हङकङ सरकार तथा विभिन्न एन.जि.ओ., आइ.एन.जि.ओ.हरुसंग आवश्यक समन्वय गर्दै हङकङबासी नेपाली युवाहरुको लागि विशेष प्याकेज ल्याउने तथा दुव्र्यासनीमा लागेकाहरुका सम्बन्धमा समेत दिर्घकालिन समाधानका लागि विशेष व्यावस्था गर्ने प्रतिबद्धता जनाए । 
       ३ प्यानलद्धारा उम्मेद्धारी घोषणा गरिएसंगै एन.आर.एन. हङकङको इतिहासमै सबै भन्दा प्रतिस्पर्धात्मक रहने टिकाटिप्पणीहरु भइरहेको पाचौं अधिवेशनमा ललित आङबुहाङ प्यानलमा क्रमशः उपाध्यक्षमा प्रेम चन्द तामाङ (प्रताप तामाङ), महासचिवमा निरन्जन गुरुङ, सचिवमा सन्तोष राई, कोषाध्यक्षमा रमेश मोक्तान र सदस्यहरुः टिका राना, तिलक सोमै मगर र यलम्बरहाङ लिम्बु रहेका छन् ।





Hot News

 

SEARCH

Newsletter

Top