Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > News

चुलाघर खरिद तथा ब्यवस्थापन बिभागको सोह्रौ बोलकबोल तथा नगद संकलन कार्यक्रम

Monday, 07.20.2015, 09:40pm (GMT+6.5)    | Comment | Print | Tell friend

हरिचन्द्र राई

हङकङ १२ जुलाई २०१५ को दिन किराँत राई यायोक्खा हङकङ अन्तर्गत बनेको चुलाघर खरिद तथा ब्यवस्थापन बिभागको सोह्रौ बोलकबोल तथा नगद संकलन कार्यक्रम बिभागका मूल संयोजक हेजेन राईको अध्यक्षतामा सम्पन्न भयो। किराया हङकङका अध्यक्ष शशि मदन राईलाई प्रमुख अतिथिमा आसनग्रहन गराईएको उक्त कार्यक्रमलाई दुवै तर्फका सचिव (किराया हङकङ र चुघख तथा ब्यबि) बिमल राईले संचालन गरेका थिए। बिभाग प्रमुख तथा किराया हङकङका उपाध्यक्ष रजिन राई सहसंयोजक धिरज राई, महासचिव हरि चन्द्र राई महिला बिभाग प्रमुख बसन्त कुमारी राई, दुई क्षेत्रीय संगठन खोटाङ्ग र भोजपुर समाजका अध्यक्षद्वय क्रमश: तेज प्रकाश र खडग राई लगायत बिभागको पछिल्लो निर्णयानुसार किराया हङकङको यो ऐतिहासिक परियोजनालाई सफल बनाउन अन्तर ह्रृदयबदयबाट नैतिक र आर्थिक सहयोग दिन चाहाने शुभचिन्तकहरुको समेत सहयोग स्वीकार्ने भन्ने निर्णयको आधारमा उपस्थित सुनुवार समाजका निवर्तमान अध्यक्ष हालका सल्लाहकार नरेश सुनुवार र याक्थुम चुम्लुङका सदस्य ईन्द्र वनेमलाई आसनग्रहन गराएको थियो । भाषिक संस्थाहरु क्रमश: किराँत राई यायोक्लाको अध्यक्ष मोहन (तिलक), पुमा तुप्खा बाङ्खलाबाट अध्यक्ष पेङगुईन राई, साम्पाङ जुम्लेखाबाट तेज कुमार राई, थुलुङ्ग सामाका प्रतिनिधि चन्द्रका राई, चाम्लिङ्ग खाम्बातिमको सचिब प्रतिनिधि पबित्रा राईलाई यथास्थानमै आसनग्रहन गराएको कार्यक्रममा सहसंयोजक धिराज कुमार राईले स्वागत मन्तब्य दिएका थिए।

संगठन बिस्तार बिभाग समेतको जिम्मावरि सम्हालिरहेका राईले बिभागमा आबद्ध सबैलाई घर खरिदको लागि यायोक्खाले दिएको म्यान्डेटनुसार समय सकिसकेकोले सबैलाई जागरुकता अप्नाउन अनुरोध गरे। मन्तब्यकै क्रममा उपयुक्त घरजग्गा खोजि समूहका संयोजक पनि सम्हालिरहेका उपाध्यक्ष रजिन राईले न्यूटेरिटोरी लोकेसनमा दुईवटा ठाँउहरु रहेको जस्मा एउटा २ तल्ले भवन लगभग चार मिलियन डलर सम्म लागतमा लिनसकिने र अर्को सातसय स्क्वायर फिट भएको जमीन करिब दुई मिलियन सम्म दाम रहेको बताउदै कानुनसम्मत लेनदेन गर्न अझै कानुनविद् र संबन्धित निकायसंग बुझ्न दुईहप्ता सम्म समय लाग्ने बताए। अर्का वक्ता जो समाज हित र कल्याणको लागि सदासर्बदा आफुलाई अग्रपंतिमा दर्ज गराईसकेका नरेश सुनुवारले किराया हङकङ लगायत अन्य भाषिक संस्थाहरुसंग सुनुवार समाजको निकैबर्ष अघिदेखि बाक्लै आवतजावत रहिआएको कुरो बताउदै यो क्रम निरन्तरता हुनेमा बिश्वास प्रकट गरेर परियोजना सफल्ताको कामना सहित ५ हजार ५ सय ५५ डलर बोलकबोल गरि तत्काल १ हजार नगद प्रदान गरे। वक्तव्यकै क्रममा चुम्लुङका सदस्य ईन्द्र वनेमले किराया हङकङको परियोजना राम्रो लागेको बताउदै एकआपसमा हामिबिच यसखाले सहभागिता रहदै गए संस्कृतिक बिकासको लागि ठूलो टेवा पुग्नेकुरो बताउदै परियोजना सफल्ताको कामना सहित ३ हजार ५ सय डलर बोलकबोल गरेका थिए।

प्रमूख अतिथिको आसनमा रहेका अध्यक्ष शशिमदन राईले चुलाघर खरिदकोलागि समय घर्किसकेको संकेत गर्दै सानो झिनोमसिनो कुरोमा नअल्झि अगाडि बढ्न आव्हान गरे। कार्यक्रमको अन्त्यतिर आईपुग्दा गत अप्रिल ३ तारिक २०१५ को साँझ युनलोङ्ग थिएटरमा सब्य र भब्य तरिकाले संम्पन्न बगैंचा नाईटले किराया हङकङको ब्यानर चलाएबापत अर्जित रकम जम्मा ११ हजार ८ सय १० डलर को क्यास चेक बगैंचा लिमिटेडका नवनिर्बाचित अध्यक्ष नरेश सुनुवारले किराया हङकङका अध्यक्ष शशिमदन र चुघख बिभागका मुलसंयोजक हेजेन राईलाई हस्तान्तरण गरेका थिए। स्मरण रहोस। तत्कालीन समयमा अध्यक्षको पद समेत सम्हालिरहेका उपाध्यक्ष रजिन राईको अथक प्रयासले उक्त चेक रकम प्राप्त भएको थियो।

अन्त्यमा बिभागको सदस्य पबित्रा राईको मिठो पकवान सेवन गर्दै सभाध्यक्ष हेजेन राईले सबै राईहरुको यो सामुहिक र ऐतिहासिक परियोजनालाई सफल पार्न कम्मर कसेर लाग्नुको बिकल्प नभएको बताउदै कार्यक्रम बिसर्जन गरेका थिए !


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top