Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > News

बेलायतमा स्वर्गीय भूपू गृहमंत्री पदम् सुन्दर लाओती स्मृति कार्यक्रम

Wednesday, 07.15.2015, 09:16pm (GMT+6.5)    | Comment | Print | Tell friend

हरि बहादुर लावति बेलायत

गत मिति २० आषाढ़ २०७२ साल तदानुसार ५ जुलाई २०१५ का दिन पापोहाङ लाओती सयङ युकेले स्वर्गीय भूपू गृहमन्त्री पदम सुन्दर लाओतीको स्मृति कार्यक्रम साउथ योर्कसार काउन्टीको डोन्कास्टर स्थित अबिर कुमार लाओतीको निजी निवासमा सम्पन भएको थियो । पापोहालाङ लाओती सयङ युकेका अध्यक्ष गजेन्द्र लाओतीको अध्यक्षतामा सम्पन भएको थियो । सो कार्यक्रममा सम्पूर्ण पापोहाङ सयङ परिवार युके लगायत डोन्कास्टरमा रहनु भएको पापोहाङ लाओति सयङ छोरी चेली, जुवाई चेला, भाना भन्जा साथै बिभिन्न समुदायका ब्यातित्वहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम पापोहाङ लाओती सयङका सदस्य हरि बहादुर लाओतीले संचालन गर्नु भएको थियो।

कार्यक्रम दुई भागमा सम्पन भएको थियो । जस अनुसार पहिलो कार्यक्रममा स्वर्गीय पदम सुन्दर लाओतीलाई दश लिम्बु सत्राथुमको रितिथिति अनुसार अन्तिम सुम्बोगेन हुक्वा (खाने पिउने) दिने कार्यक्रम युकेमा हुनुभएका जेठा ज्वाई डा. अनेक गुरुङ, नातीनी सुश्री अभिलाषा गुरुङ, भतिज समर्पण लाओती र बुहारी जुना राई लाओतीलाई दश लिम्बु सत्राथुमको रितिथिति अनुसार रूपमान कुरूम्बाङबाट कार्यबिधि चलनअनुसार थुतुनी बेद द्वारा सम्पन्न गराउनु भएको थियो ।

त्यस्तै गरी दोस्रो चरणको कार्यक्रममा स्वर्गीय श्री पदम सुन्दर लाओतीको फोटोमा उपस्थित सम्पूर्ण स्मृति कार्यक्रममा आउनु भएका ब्यक्तिहरूले फूलको माला तथा गुच्छाहरू चढाईएको थियो र अन्तमा पापोहाङ लाओती सयङका अध्यक्ष गजेन्द्र लाओतीले स्वर्गीय पदम सुन्दर लाओतीको जीवनी पढेर सुनाउनु भऐको थियो । त्यस्तै गरी मन्तब्य राख्ने क्रममा मगर समुदायबाट आउनु भएका डोन्कास्टर कम्युनिटीका भूतपूर्ब अध्यक्ष श्री खुम आलेले स्वर्गीय पदम सुन्दर लाओतीले जिल्ला बासीको लागि मात्र नभएर राष्ट्रलाई नै पुर्याउनु भएको देन र योगदानको बयान गर्नु भएको थियो । त्यस्तै गरी जेठा ज्वाई डा. अनेक गुरूङले स्वर्गीय ससुरा पदम सुन्दर लाओतीले दिनु भऐको देन र उहाँको तपस्यालाई जहाँ सम्म साकार पार्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो। त्यसरी नै बोल्ने क्रममा बर्तमान डोन्कास्टर कम्युनिटीका अध्यक्ष श्री नरबिर आङबोले स्वर्गीय पदम सुन्दर लाओतीले आफ्नो जिल्लामा गर्नुभएको बिकास र रास्ट्रलाई दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो।

त्यसरी नै तिलबिक्रम लाओतीले पूर्वी जिल्ला लिम्बुवानमा तेयङसी, श्रीजंगा, फाल्गुनन्द जस्ता बिभूतीहरू मध्धे स्वर्गीय पदम सुन्दर लाओतीलाई पनि लिनसकिने कुराको बर्णन गर्दै उहाँले किरात धर्म प्रति धेरै प्रशंसनीय कार्यहरू गर्नु भएको चर्चा गर्नु भयो। यसरी नै दिनको ६ बजे कार्यक्रम समाप्त भऐको थियो।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top