Hot News
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको राजीनामा, महाअभियोगप्रति असन्तुष्टी ; प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग, कामुमा गोपाल पराजुलीलार्इ नियुक्त गर्ने तया ; बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार ; बक्स अफिस लागू गर्ने तयारी ; संरक्षकको शानदर जीत, ईराको उदय,
Home > News > News

भारतीय गोर्खा भूपू सैनिक संघ हङकङद्वारा भूकम्प पिडितहरूलाई नगद राहत बितरण

Tuesday, 07.14.2015, 10:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

बगैंचा डटकम

१२ जुलाई २०१५ हङकङ । भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले जोर्डन स्थित भारतीय गोर्खा भूपू क्लबमा मिडिया कर्मी तथा बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू बिच एक औपचारिक जानकारी सभा कार्यक्रम आयोजना गरि नेपालमा गएको महा भूकम्पबाट क्षतिग्रस्त बिभिन्न जिल्ला तथा क्षेत्रका पिडितहरूलाई राहत स्वरूप चेक बितरण गरेकोछ । जस अनुसार गोर्खा जिल्लाको बारपाक क्षेत्रको लागि नेरू ८० हजारको चेक उक्त क्षेत्रका प्रतिनिधि सन्तोष घलेलाई हस्थान्तरण गरिएको थियो भने सिन्धुपाल्चोक जिल्लाको लिस्ति गाबिसको लागि उक्त क्षेत्रका प्रतिनिधि साङबु शेर्पालाई नेरु ७० हजारको चेक हस्थान्तरण गरिएको थियो । त्यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपालले बितरण गर्ने गरी पत्रकार महासंघको नाममा तयार भएको नेरू ५० हजारको चेक भागोभूपू सैनिक संघ हङकङका बरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरूङले सम्बन्धित निकाय सम्म ‍पुर्याउने जिम्माका साथ चेक बुझिलिनु भयो भने त्यसैगरी भोजपुर जिल्लाको लागि नेरु ५० हजारको चेक भोजपुर समाज हङकङका अध्यक्ष खड्ग बहादुर राईले भुझ्नु भएको भएको थियो र नेपाल अपाङ्ग सेघको नाममा तयार पारिएको नेरू २ लाख १५ हजारको चेक सम्बन्धित ठाँउमा हात लगाउने गरि भागोभूपू सैनिक संघ हङकङका सहसचिव चन्द्र बहादुर पुनले चेक बुझिलिनु भएको थियो ।  

चेक बुझिलिएपछि मन्तव्यको क्रममा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले गरेको यस्तो मानबीय सहयोगि कार्यको प्रसंशाका साथ धन्यवाद दिंदै हस्थान्तरित रकम यथासिघ्र सम्बन्धित ठाँउमा पुर्याउनुको साथै सहि सदुपयोग गराउने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी मन्तब्य राख्ने सबै वक्ताहरूले भारतीय गोर्खा भूपू सैनिक सैघ हङकङले स्थापनकालदेखि हाल सम्म असल सामाजिक कार्य गरेर उदाहरण पेश गरेको भन्दै प्रसंशा गर्नुको साथै निरन्तर रूपका गरिरहन आग्रह गर्नु भएको थियो ।

बिहान १०:३० बजे शुरू गरिएको उक्त जाजकारी सभाको सभापतित्व संघका अध्यक्ष जजिन चाम्लिङले गर्नु भएको थियो भने संघका बरिष्ठ सल्लाहकार याम बहादुर बुढाथोकी प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै बिषेश अतिथिमा बृटिश गोर्खा भूपू सैनिक संघका प्रतिनिधि तथा भोजपुर समाज हङकङका अध्यक्ष खड्ग बहादुर राई तथा अतिथिहरूमा बिभिन्न जातीय, क्षेत्रीय, धार्मिक, राजनितिक तथा अन्य संघ संस्था लगायतका अध्यक्ष तथा प्रतिनिधिहरू रहुनु भएको थियो ।

संघका सहसचिव चन्द्र बहादुर पुनले संचालन गर्नु भएको सो कार्यक्रममा संघका उपाध्यक्ष कालजित गुरूङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top