Hot News
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको राजीनामा, महाअभियोगप्रति असन्तुष्टी ; प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग, कामुमा गोपाल पराजुलीलार्इ नियुक्त गर्ने तया ; बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार ; बक्स अफिस लागू गर्ने तयारी ; संरक्षकको शानदर जीत, ईराको उदय,
Home > News > News

अनिश खालिङ राई प्रवासमा मृत्युलाई जितेर घरदेश फर्किए

Saturday, 07.11.2015, 04:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
       ९ जुलाई, हङकङ– मत्स्यपोखरी–३, संखुवासभाका अनिश खालिङ राई मृत्युलाई जितेर ८ जुलाई, बुधबार राति दुबईबाट स्वदेश फर्किएका छन् ।
       गर्भवती श्रीमति, बुढि आमा लगायत घरपरिवारलाई छाडेर वैदेशिक रोजगारीको क्रममा दुबई पुगेको केहि महिनामै सपिङ गर्न बजार आउने जाने क्रममा सामान्य चिनजान भएका पाकिस्तानी ट्याक्सी ड्राइभरले जबरजस्ती यौन दुव्र्याबहार गरे पश्चात प्रतिबाद गर्ने क्रममा उक्त पाकिस्तानी ड्राइभरको मृत्यु भए थियो । घटना भएको २४ घण्टा भित्रै प्रहरीद्धारा पक्राउ परेका उनि अनुसन्धान पश्चात हत्याका आरोपी बनेका थिए । त्यस लगत्तै दुबईको कानुन बमोजिम तल्लो अदालतद्धारा मृत्युदण्डको सजाय तोकेको थियो भने माथिल्लो अदालतले समेत त्यसैलाई सदर गरिदियो । 
        
यसरी उनलाई मृत्युदण्डको सजाय तोकिएको समाचारहरु एकाएक बाहिर आउन साथ “अनिश खालिङ राई बचाऔं अभियान समिति” मार्फत देश विदेशबाट ब्लड मनि संकलन गर्दै सरकारी तबरबाट मृतकका परिवारलाई ब्लड मनि श्वीकार्न अनुरोध समेत गरेको थियो । अन्ततः दुबईको कानुन बमोजिम ब्लड मनि बापद मृतकका परिवारलाई ३ लाख ५ हजार दिराम (करिब एकासीलाख रुपैया) बुझाएर मृत्युको मुखबाट उनि बाच्न सफल भएका छन् ।
        अचम्मत यो छकी ब्लड मनि बापदको रकम अनिश खालिङ राई बचाऔं अभियान समितिद्धारा सरकारी तबरबाट कानुनी प्रक्रिया पुरा गर्दै केहि महिना पहिले दुबई पठाउदा त्यस अघिनै ब्लड मनि बापदको रकम अरुनै अपरिचित व्यक्ति वा संस्थाले तिरिसकेको पाइयो । उक्त रकम कसले र किन ति¥यो भन्ने बारे नेपाल सरकार र स्वयं अनिश समेत अनविज्ञ छन् । 
        
बुधबार राती १० बजे नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका उनि आफूलाई श्वागत गर्न विमानस्थलमै आइपुगेका श्रीमती रमिता राई सहित अन्य आफन्त तथा शुभेच्छुकहरु बीच निक्कै भावुक देखिएका थिए । आफूलाई नयाँ जीवन दिएकोमा सबैप्रति आभार प्रकट गर्दै अब कहिल्यै विदेश नजाने र देशमै बसेर आफू जस्तै अन्यायमा परेका/पारिएका नेपालीहरुको हितमा लड्ने बताए ।
         गरिब परिवारका अनिशको जीवन रक्षाको लागि “अनिश खालिङ राई बचाऔं अभियान समिति” द्धारा देश विदेशबाट गरी ३ करोड २१ लाख रुपैंया संकलन गर्न सफल भएको थियो । उक्त रकम मध्ये ब्लड मनि बापद पठाएको रकम ८१ लाख सरकारको खातामा रहेको छ भने बाकी रकम “अनिश खालिङ राई बचाऔं अभियान समिति” को खातामा रहेको र उक्त रकमलाई ट्रष्ट बनाएर अनिश जस्तै पीडित व्यक्तिहरुको सहयोगका लागि खर्च गरिने समितिका संयोजक तथा अनिशका आफन्त नारद कुमार खालिङ राईले बताए । 
      
समितिको अभियानलाई साथ दिदै संखुवासभा समाज हङकङको पहलमा मात्रै करिब १९ लाख, त्यस्तै गरी खोटाङ समाज हङकङका अध्यक्ष अधिराज राईको पहलमा करिब ७ लाख ५० हजार र अन्य संघसंस्थाहरुले समेत गरी हङकङबाट मात्रै करिब ५० लाख रुपैंया सहयोग संकलन गरि विभिन्न कार्यक्रम माझ समितिलाई हस्तान्तरण गरिएको थियो । 
फोटो– अनिशका आफन्त रितु राईको फेसबुकबाट ।





Hot News

 

SEARCH

Newsletter

Top