Hot News
हङकङका पूर्व कार्यकारी प्रमुख डोनाल्ड चाङ जेल चलान ; तराईका जिल्लामा मसाल जुलुस प्रदर्शन बामदेव गौतम घर घेराउ ; सर्वपक्षीय सरकार आवश्यक छ :नयाँ शक्ति नेपाल ; कञ्चना सुनुवार स्मृति सभा सम्पन्न ; राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी
Home > News > News

किरात राई चाम्लिङ यलुङ्छा परिवारले चुला घर खरिद सहयोगको लागि सांगितिक कार्यक्रम गर्ने

Monday, 07.06.2015, 10:19pm (GMT+6.5)    | Comment | Print | Tell friend

प्रतिनिधि बगैंचा डटकम

५ जुलाई २०१५ हङकङ । किरात राई चाम्लिङ अन्तर्गतका धेरै पाछाहरू मध्येको ‘यलुङ्छा’ परिवार हङकङले सांगितिक कार्यक्रम सुम्निमा साँझ-१ अगामी २८ सेप्टेम्बर, साँझ ७:३० बजे युनलोङ स्थित युनलोङ थेटर अडोटेरियम हलमा आयोजना गर्ने भएको कुरा एक जानकारी सभा आयोजना गरि सार्बजनिक गरेको छ ।

युनलोङ स्थित चुलाघरमा आयोजित उक्त जानकारी सभाको सभापतित्व किरात राई चाम्लिङ खाम्बातिम हङकङका अध्यक्ष पिताम्बार राईले गर्नु भएको थियो भने प्रमुख अतिथिमा चुला घर खरिद तथा ब्यवस्थापन बिभागका संयोजक हेजेन राई, बिषेश अतिथिमा किराय हङकङका अध्यक्ष शशि मदन राई र अतिथिहरूमा यलुङ्छा परिवारका अग्रीणि समाजसेवी श्रीमति बसन्त कुमारी राई, किरात राई बान्तावा यायोक्ला हङकङका अध्यक्ष तिलक वालाहाङ राई, किरात राई पुमा तुप्खा बंखलाका अध्यक्ष पेङगुईन राई, किरात राई थुलुङ सामाका अध्यक्ष राम लि राई, भोजपुर समाज हङकङका उपाध्यक्ष झण्ड राई, तरहरा समाज हङकङका अध्यक्ष कालसिं राई लगायत रहनु भएको थियो ।

यलुङ्छा परिवारका सदस्य तथा किराय हङकङका सचिव बिमल राईले संचालन गर्नुभएको कार्यकमलाई यलुङ्छा परिवारका सदस्य जय राम राईले स्वागत मन्तब्य राख्नु भएको थियो । जानकारी मन्तब्यको क्रममा यलुङ्छा परिवारका हस्ति तथा किराय हङकङका उपाध्यक्ष रजिन राईले ‘सुम्निमा साँझ-१’ गर्नुको खास उदेश्यको बारेमा बिस्तृत जानकारी गराउनु भएको थियो । शुरूमा सम्वोधन गरेपछि पोष्टरमा उल्लेखित नारालाई उदृत गर्दै भन्नु भयो- पुर्खाको विरासत हाम्रो मुन्धुम, भाषा, संस्कार महान । तीन चुला नै हाम्रो मान, शान र आदिम पहिचान ।'’ यसर्थ चुला घर खरिद सहयोगार्थको लागि नै यलुङ्छा परिवारले सुम्निमा साँझ-१ आयोजना गरेको हो र कार्यक्रमबाट संकलित रकमको सबै खर्च कटाएर बाँकी रहेको रकमको ७५ प्रतिशत नगद चुलाघर खरिदको लागि हस्थान्तरण गरिने प्रतिबद्धता जाहेर गर्दै सबैले नैतिक, भावनात्मक र आर्थिक सहयोग गरिदिन आग्रह गर्नु भयो र अझ जोड दिंदै भन्नु भयो- ‘हामीलाई तपाईहरूको मोरल सपोटको खाँचो छ, आत्मिय सहयोगले मात्र सबैको सपना साकार हुन्छ भन्ने हामी ठान्दछौं ।‘ यो वाक्यले त्यो माहोललाई गम्भिर बनाएको प्रतित हुन्थ्यो ।

तत पश्चात अतिथि बसन्त कुमारी राई, बिषेश अतिथि शशि मदन राई, प्रमुख अतिथि हेजेन राई लगायत सभाध्यक्ष पिताम्बर राईले किरात राई चाम्लिङ अन्तर्गतको एक पाछा यलुङ्छा परिवारले सिंगो किरात राईहरूको धरोहर चुला घर खरिद सहयोगको लागि यस्तो ऐतिहासिक कार्यक्रम आयोजना गरेर उल्लेखनीय कार्य गरेकोमा बिषेश धन्यवाद दिंदै सबै भाषिक संस्था र त्यसमा आवद्ध सबै पाछाहरूले पनि यस्तै शुभ कार्य गरेको खण्डमा किरात राई यायोक्खा हङकङको चुला घर खरिद गर्ने सपना सहजै पुरा हुने थियो भन्दै यसखाले अर्थपूर्ण र सहयोगि कार्यक्रम ल्याउन आग्रह गर्नुहुदै कार्यक्रमको पूर्ण सफल्ताको लागि शुभकमाना ब्यक्त गर्नु  भएको थियो ।

कार्यक्रमको आर्थिक कारोबारको पूर्ण अनुगमन गर्नका लागि नेपाल फाईनान्सका अध्यक्ष धिरज कुमार साम्पाङ राईलाई अधिकार सहितको प्रामणपत्र प्रदान गरिएको थियो ।

जानकारी सभामा किरात, भाषिक संस्था, क्षत्रीय संस्था लगायत पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top