Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > News

आदिवासी जनजाति चलचित्रको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sunday, 07.05.2015, 11:04pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाण्डौं– १९ असार २०७२
आदिवासी जनजाति चलचित्रको महत्व र बजार विस्तार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । आदिवासी जनजाति चलत्र महासंघका अध्यक्ष अमृत वहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न भएकाे उक्त कायर्त्रफममा, सुचना तथा सञ्चार मन्त्री डा. मिलेन्द्र रिजाल ज्यू प्रमुख अतिथि, बिशष अतिथि राज कुमार राई (अध्यक्ष) चलचित्र बिकास बोर्ड अतिथिहरु नवल खडका अध्यक्ष चलचित्र कलाकार संघ, नबिन सुब्बा बरिष्ठ चलचित्र कर्मि , दिपेन्द्र राई सस्थापक अध्यक्ष साथै अन्य कलाकार कर्मी र जातिय संघसस्थाको प्रतिनिधिहरुको आतिथ्य रहेको उक्त कार्यक्रम लाई स्वागत मन्तव्य उपाध्यक्ष सुक माया मुक्तानले दिइन भने कार्यक्रमलाई सञ्चालन संघका महासचिव पुर्खाजित राईले गरेका थिए ।

चलचित्र विकास वोर्ड चावहिलमा भएको कार्यक्रमको आयोजना आदिवासी जनजाति चलचित्र महासंघले गरेका थियो । कार्यक्रममा नविन सुव्वाले कार्य पत्र प्रस्तुत गरेकाथिएभने मन्तब्य दिनेक्रममा डा. मिलेन्द्र रिजालले राजनीतिक पार्टीमा समावेसी हुन थालेको छ, सोही अनुरुप अन्य सवै क्षेत्रमा पनि समावेसी हुँदै जानु पर्ने भनाइ राख्नु भयो ।

चलचित्र विकास वोर्डका अध्यक्ष राज कुमार राइले विकास वोर्डले आदिवासीहरुको फिल्महरुको लागि पनि समानुपातिक रुपले वजेट वितरण गरिने आस्वासन दिए। विकास वोर्डको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसै गरी विभिन्न जातीय संघका प्रतिनिधिहरुले आदिवासीका चलचित्रको निर्माण पश्चात हल नपाएको समस्या भएको गुनासो राखेकाथिए ।

नवल खड्काले सांस्कृतिक दूतहरुको समन्वयमा सन्सारका विभिन्न देशहरुमा आदिवासीपनका फिल्महरु देखाउन सकिने विचार राखे भने प्रतिमाया पुनले हलवालाहरुको महासंघहरुले आदिवासीहरुको फिल्महरुलाई हल नदिएको गुनासो गरिन ।

नेपाल मगर संघका महासचिव नविन रोक्काले हामीलाई राज्यले मात्र चुकाइएको नभइ हामी स्वयम पनि चुकिरहेको र हामीमा साझा योजना नभएको कुरा राखेकाथिए । यस कार्यक्रममा कियाचु केन्द्रीय सदस्य यासेली योङहाङ, लक्ष्मी सुनुवार, टोमा लामा लगायतका अथितिहरुले समेत मन्तब्य राखेका थिए ।

सोही समय २०७२ जेठ २८ देखि २०७२ असार २ सम्म वृतचित्र सम्बन्धि प्रशिक्षण लिनुहुने प्रशिक्षार्थि हरुलाई राज कुमार राईको हातबाट प्रमाण–पत्र वितरण गरेकाथिए। उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुले निर्माण गरेका वृत्तचित्रहरु समेत प्रदर्शन भएको थियो।
कल्पना तुम्रोक


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top