Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > News

नेपाली कथानक चलचित्र ‘षडङ्ग’ हङकङमा प्रदर्शन, दर्शकहरूबाट पुन: प्रदर्शन गर्न माग

Thursday, 07.02.2015, 09:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

प्रतिनिध, बगैंचा डटकम
२ जुलाई २०१५ हङकङ । बिगत डेढ दशक देखि हङकङ प्रवासलाई कर्मथलो बनाउदै आएका सुरज सुनुवारद्वारा निर्देशित तथा कथा, सम्वादमा आधरित नेपाली कथानक चलचित्र ‘षडङ्ग’ हङकङमा जुलाई १ तारिक युनलोङ स्थित औडटरियम थिटर हलमा प्रदर्शन भएको छ ।

नेपालमा प्रदर्शन भई सकेको उक्त चलचित्र अधिकांश चर्चामा आएपछि हङकङेली नेपाली दर्शकहरू ‘षडङ्ग’ हेर्न ब्यग्र प्रतिक्षामा रहेका थिए । नेपालको आफ्नो मिशन पूरा गरेर हङकङ अवतरण भएका निर्देशक सुरज सुनुवारले आफ्नो मेहनतलाई हङकङेली नेपाली दर्शकहरूमाझ सगौरब प्रस्तुत गर्दै सबैको मन जित्न सफल भएका छन । चलनचल्तिमा त्येति प्रयोग नहुने शब्द चलचित्रको नाम ‘षडङ्ग’ स्वयं सबैको लागि कौतुहल्ता र चासोको बिषय बनेको अवश्याले चलचित्र हेर्नु पर्ने परिस्थिति सृजना भएको कुरा दर्शकहरूले बताउथे ।

अग्रिम टिकट बुकिङ गरेर जुलाई १ लाई पर्खिरहेका ‘षडङ्ग’का दर्शकहरू उक्त दिन बेलैमा हल पुगेका देखिन्थे ।  दर्शकहरूको चाहनालाई मध्ये नजर राख्दै कार्यक्रलाई पृथक ढंगबाट शुरू गरिएको थियो । ‘न कुनै पट्यारलाग्दो औपचारिक कार्यक्रम र आशन ग्रहण, न कुनै बकम्फुसे भाषण’, दर्शकहरू हलभित्र छिर्न पाउँदा नपाउदै चलचित्रको काष्टिङ शुरु भैसकोको थियो भने कतिपय दर्शकहरू भाषणको कार्यक्रम होला भनेर ढिलो प्रवेश गर्नाले ५-७ मिनेटको रहस्यमय दृश्यहरू छुटन पुगेको थियो ।

ग्याङस्टार श्रेणीमा निर्माण गरिएको उक्त चलचित्र बहु चारित्रिक र रहस्यमय भएको हुनाले दर्शकहरुको ध्यानलाई एकतृत गरेर ‘षडङ्ग’ले तानिरहेको थियो भने भरपुर मनोरञ्जन पनि दिईरहेको थियो । करिब मध्य भागमा कथा सुहाउदो- हर्सका श्रेष्ठको गीतको एउटा आईटम डान्सले थप मनोरन्जन दिलाएको थियो । हलको प्रोजेक्टरको खराबीले गर्दा चलचित्र भित्र रहेको मोहक- कलर, लाईट र साउण्डमा अवरोध आएको थियो । तथापि बिजय लामा-(अभय राजा), सौगात मल्ल–(कालु यादप), प्रियंका कार्की- (शलिना), अनुप बराल- (डिएस्पी सुरेन्द्र कुवर), सौरम राज तुलाधर- (भिक्की), नबिन मानन्धर– (भालु डन) ए गुरुङ- (गोरे), सुदाम सिके– (ईच्छु डार्लिङ) लगायतको जादुमय बेजोड अभिनयले गर्दा दर्शकहरू टसमस नगरि नतमस्तक भएर पर्दामा केन्द्रीत देखिन्थे । तर अब के होला ?  कसो होला ? भन्दा भन्दै कथाको मूल रहस्यलाई चतुर ढंगबाट पर्दाफास गर्दै चलचित्र सकिन्छ ।

चलचित्र हेरेर प्रफूल्ल मुद्रामा हलबाट बहिरिएका दर्शकहरूलाई चलचित्र कस्तो लाग्य भनि प्रश्न गर्दा सबैको एउटै उत्तर थियो- राम्रो लाग्यो, मन पर्यो, फेरि एक पटक हेर्न पाए हुन्थ्यो ।लुमिनियस पिक्चर्सको ब्यानरमा तयार गरिएको २ घन्टा २० मिनेट लामो चलचित्र ‘षडङ्ग’ मा नेवारी, भोजपुरी, मैथलि र हिन्दी जस्ता बहुभाषाहरू सम्म्रिश्रण गरिएको छ जसले चलचित्रलाई झनै रोचक बनाएको छ । सत्ता, शाक्ति र पैसाको लागि मान्छेले के कति हदसम्मको दाउ, पेच र हर्कत गर्न सक्छ र त्यसको नतिजाहरू के कस्तो हुन सक्छ भन्ने शन्देश चलचित्र षडङगले दिन चाहेकोछ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top