Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > News

चकलेटलाई हङकङमा रेड कार्पेट

Wednesday, 07.01.2015, 04:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
        २८ जुन, हङकङ– नेपालका अनाथ सडक बालबालिकाहरुको कथा, उनिहरुकै विशेष अभिनय र उनिहरुकै सहयोगार्थ नेपाली कथानक चलचित्र "चकलेट" हङकङमा भव्य रुपमा प्रदर्शन भयो ।
        याउ मा तेई कम्युनिटी हलमा प्रदर्शन गरिएको उक्त चलचित्र प्रदर्शनकै लागि हङकङ आइपुगेकी चकलेटकी नायिका, कथाकार, तथा निर्मात्री पूजना प्रधान र निर्देशक निर्मल शर्मा “गैंडा” लाई रेड कार्पेटमा हिडाएर श्वागत तथा सम्मान गरिएको थियो । 
       
विशेष गरी हिन्दी चलचित्रका कथावस्तुहरु चोर्ने, माया, प्रेम, धनी र गरिब तथा राजनैतिक मुद्धा एवं हास्यव्यङ्गहरुमा मात्रै सिमित नेपाली चलचित्रको कथावस्तु चकलेटमा भने अलि भिन्न तवरले सडक बालबालिकाहरुको दैनिक जीविकोपार्जन र उनिहरुको दुःख, पिडा वरिपरी घुमेको पाइन्छ । चलकेटकी नायिका, कथाकार तथा निर्मात्री पूजना प्रधान, नवनायक आयुस्मान घिमिरे लगायत धेरै सडक बालबालिकाहरुको अभिनय रहेको उक्त चलचित्रले मनोरञ्जन संगै राम्रो सन्देश दिएको हुंदा हङकङका दर्शकहरुबाट चकलेट टिमले राम्रो प्रतिक्रिया पाएका थिए ।
         चकलेटकी नायिका पूजना प्रधान, निर्देशक निर्मल शर्मा “गैंडा”, हङकङबासी निमात्री खुसि गुरुङ, मुख्य प्रायोजक तनहु समाज हङकङका अध्यक्ष जंगबहादुर थापा लगायत अन्य अतिथिहरुद्धारा बेलुन फुटाएर उद्धघाटन गरिएको औपचारिक कार्यक्रमको क्रममा छोटो मन्तव्य राख्दै नायिका पूजनाले आफू बिगत ५ वर्षयता टुहुरा तथा अनाथ सडक बालिकाहरुको उद्धार तथा सहयोगमा प्रत्यक्ष रुपमा लागि परिरहेको र उक्त कार्यका लागि केहि व्यक्ति तथा संस्थाहरुको सहयोगले मात्र सम्भव नभएको हुंदा त्यसलाई कथाका रुपमा उतारेर हङकङबासी खुसी गुरुङ लगायत निर्माण टिमको विशेष सहयोगले सन्देश मुलक चलचित्र निर्माण गर्न सफल भएको खुलाउँदै सबैले चलचित्र हेरेर सहयोग गरिदिन अनुरोध गरिन ।  त्यस्तै गरी ख्याति प्राप्त हास्य कलाकार निर्मल शर्माले आफू लामो समय देखि चलचित्र क्षेत्रमै भएको भएता पनि निर्देशकका रुपमा भने चकलेटनै पहिलो भएको र उक्त चलचित्रको निर्माण पश्चात धेरै चलचित्रका लागि अफर आएता पनि आफूले मन परेको र चकलेट जस्तै सन्देशमूलक कथावस्तु भएमा मात्रै निर्देशकका रुपमा देखा पर्ने बताए ।
           हङकङ लगत्तै अमेरीका, यु.के., पोर्चुगल लगायतका देशहरु समेत प्रदर्शन गर्ने योजना रहेको उक्त चलचित्र प्रदर्शनबाट आएको आम्दानीबाट केहि रकम तिनै अनाथ सडक बालबालिकाहरुको सहयोग तथा उद्धारका लागि खर्चिने निर्मात्री खुसी गुरुङले बताइन् ।






Hot News

 

SEARCH

Newsletter

Top