स्पारिङ कम्पिटिशनमा युनाइटेडलाई ७ गोल्ड मेडल

Wednesday, 07.01.2015, 03:42pm (GMT6.5)

टोपबहादुर याक्खा
      २८ जुन, हङकङ– एच.के.टि.सि.सि. र एच.के.एम.टि.टि.ए. क्लबद्धारा संयुक्त रुपमा आयोजना गरेको हङकङव्यापी कलर तथा ब्लाक बेल्ट स्पारिङ कम्पिटिशन २०१५ मा सहभागी एक मात्र नेपाली क्लब युनाइटेड तेक्वान्दो अकाडेमीले उत्कृष्ट प्रदर्शन गर्दै ७ गोल्ड मेडल सहित १० वटा मेडलहरु प्राप्त गर्न सफल भयो ।
       चुन क्वान ओ स्पोर्टस सेन्टरमा सम्पन्न भएको हङकङव्यापी उक्त प्रतियोगितामा युनाइटेड लगायत १७ वटा चाइनिज क्लबका ३ सय बढि कलर बेल्ट तथा ब्लाक बेल्टका प्रतियोगीहरुले सहभागिता जनाएका थिए । विभिन्न उमेर र तौल समुहमा सहभागि युनाइटेडका १८ स्टुडेण्टहरु मध्ये ७ जनाले गोल्ड मेडल, २ जनाले ब्रोन्ज मेडल र १ जनाले सिल्भर मेडल गरी जम्मा १० वटा मेडल प्राप्त गर्न सफल भएको थियो ।
       जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, माउन्सान, ताइपो, लगायत हङकङका विभिन्न स्थानमा गरी ८ वटा ब्रान्च रहेको उक्त क्लबमा ३०० बढि स्टुडेण्टहरु रहेका छन भने हङकङमा आयोजना गरिने विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आइरहेको क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईले बताए ।




© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.