Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > News

आदिबासी जनजाती चलचित्रको महत्व र बजार सम्बन्धमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

Monday, 06.29.2015, 09:26am (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार,

२८ जुन २०१५ रामेछापको रस्नालुमा आदिबासी जनजाती चलचित्रको महत्व र बजार सम्बन्धमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सोचेअनुरुप सफल भएको सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका महासचिब शिव मुखियाले बताउनु भएको छ । भूकम्पले त्रसित स्थानियहरुलाई साँस्कृतिक नृत्य सहित सुनुवार चलचित्रहरु प्रदर्शन गरी अन्तरक्रिया कार्यक्रमको सुरुवात गरिएको थियो । सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको कार्यक्रममा चलचित्र बिकास बोर्डले आर्थिक सहयोग गरेको हो, भने आदिबासी जनजाती चलचित्र महासंघले कार्यक्रमको संयोजन गरेको थियो ।

आदिबासी जनजाती चलचित्रको महत्व बुझाउदै बजार बिस्तार गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । आदिबासी जनजाती चलचित्र महासंघको अध्यक्ष अमृत बहादुर सुनुवारको प्रमुख आतित्थता र सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको अध्यक्ष लक्ष्मी सुनुवारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रमबाट सुनुवार भाषा, धर्म, संस्कृती, परम्परा जोगाई राख्नको लागी चलचित्र निर्माण हुन अती आबश्यकता रहेको निकर्ष निकालिएको थियो ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top