Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

बाध्यताको विमोचन

Monday, 06.29.2015, 10:54am (GMT+6.5)    | Comment | Print | Tell friend

शनिबार १२ असार २०७२ । अलग अभियानको असार शृङ्खलामा गायक रमेश बानियाँको पहिलो एकल भिडियो एल्बम बाध्यताको विमोचन भएको छ । सङ्गीतकार महेश खड्का, साहित्यकार महेश पौड्याल, सङ्गीतकार मण्डल साम्पाङ र कवि बम बानियाँले एल्बमको विमोचन गरेका हुन् ।

 बाध्यता एल्बममा ६ गीत समाविष्ट छन् जसमध्ये चार गीत रमेश बानियाँ आफैले लेखेका हुन् भने बाँकी गीतमा मिरादेवी र्राई र दीपक बानियाँको शब्द रहेको छ । निम सङ्गीत, सुमन र्राई, रेवत र्राई, मनोज साङसोन, मनिपल र्राई र शिव थापा मगरले सङ्गीत दिएका छन् । सबै गीतहरुमा रमेश बानियाँकै स्वर रहेको छ ।

 एल्बममा समाविष्ट सबै गीतहरुको भिडियो निर्माण भएका छन् । भिडियोमा गायक बानियाँसँगै नायिका सञ्चिता लुइँटेल, सुरविना कार्की, स्मारिका थापा, सिमरन लिम्बु, सन्तोष र्राई, विनिता र्राई, एलिसा सिं र सुरेश गौतमको अभिनय रहेको छ । म्यूजिक भिडियोहरुको निर्देशन राजेश र्राई, छायाङ्कन उत्सव दाहाल र सम्पादन दीपक विष्टले गरेका हुन् ।

 यसरी रमेश बानियाँले बाध्यता मार्फ् आफ्नो लेखन, गायन र अभिनय क्षमतालाई प्रस्तुत गरेका छन् ।

 रमेश बानियाँको जन्म आज भन्दा २५ वर्षअघि खोटाङ जिल्लाको पाथेका गाविसमा आमा राजकुमारी बानियाँ र बुबा याम बहादुर बानियाँको कान्छो सन्तानको रुपमा भएको हो । सानैदेखि सङ्गीतमा रुची भएका बानियाँ हाल रोजगारको शिलशिलामा मलेसियामा रहदै आएका छन् । आफ्नो बाल्यकालदेखिको रहरलाई पूरा गर्न नेपाली साङ्गीतिक आकाशमा बाध्यता -भिडियो एल्बम) सहित उदाएका छन् ।

 अलग अभियानको असार शृङ्खला
 रमेश बानियाँको एल्बम बाध्यताको विमोचनसँगै अलग अभियानको असार शृङ्खला सम्पन्न भएको छ । असार शृङ्खलामा कविहरु स्वप्निल स्मृति, रामगोपाल आशुतोष, भोगेन एक्ले, साङ्केन बान्तावा, अनिल किराती, प्रणिका कोयू, अविनाश भट्टर्राई, इना र्राई लगायतले कविता वाचन गरेका थिए । नाकिमा, नदीश, पेङ किरात, सन्तोष र्राईको शब्दलाई राजकुमार समाल, मण्डल साम्पाङको सङ्गीतमा गायकगायिकाहरु बबिना किराती, पूजा श्रेष्ठ, रेवत र्राई, रेवत र्राईले प्रस्तुत गरेका थिए । वाद्यवादनमा पावल थुलुङ, दिपेश र्राई लगायतले साथ दिएका थिए । अलग अभियानले हरेक महिना नयाँ गीत र कविताहरुको प्रस्तुति गर्दै आएको छ ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top