Hot News
सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > News

ललित आङबुहाङद्धारा एन.आर.एन. हङकङको अध्यक्षमा उम्मेद्धारी घोषणा

Thursday, 06.25.2015, 09:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
         २३ जुन, हङकङ– व्यावसायी तथा वर्तमान गैरआवासीय नेपाली संघ (एन.आर.एन.) हङकङका उपाध्यक्ष ललित आङबुहाङले जोर्डन स्थित हङकङ नेपाली महासंघको कार्यालयमा पत्रकार सम्लेन गरेर आउने २६ जुलाई २०१५ मा सम्पन्न हुन गइरहेको अधिवेशनका लागि एन.आर.एन. हङकङको अध्यक्षमा उम्मेद्धारी घोषणा गरेका छन् ।
         पत्रकारहरु माझ आफ्नो योग्यता र अनुभव बारे बताउदै आङबुहाङले आफू अध्यक्ष पदका लागि सक्षम रहेको समेत दावी गरे । आफू उक्त पदमा निर्वाचित भएको खण्डमा एन.आर.एन. भनेको सबै वर्गका गैरआवसीयहरुको साझा फूलबारी हो भन्ने भावना सबैमा जगाउने, सदस्य संख्यालाई उल्लेख्य बढाउने, संस्थाको कोष र अभिलेख व्यवस्थित र पारदर्शी बनाउने, हङकङ सरकार र नेपाली महावाणिज्यदुतावाससंगको सम्बन्धलाई अझ सुमधुर बनाउने लगायतका १३ बुद्धे प्रतिबद्धता सहित उक्त अधिवेशन मार्फत आफू र आफ्नो पक्षका अन्य उम्मेद्धारहरुलाई समेत बिजयी बनाउन अनुरोध गरे । अन्य उम्मेद्धारहरुमा उपाध्यक्षमा प्रेम चन्द्र तामाङ (प्रताप) र महासचिवमा निरञ्जन गुरुङ रहेका छन भने अन्य पदका उम्मेद्धारहरुको नाम छिटैनै सार्वजनिक गर्ने बताए ।
          आगामी अधिवेशनमा अध्यक्ष पदका लागि आङबुहाङ सहित अर्का उपाध्यक्ष राधिका गुरुङ र सल्लाहकार दिलिपसिं गुरुङले समेत उम्मेद्धारी घोषणा गरिसकेका छन् ।

अध्यक्षका प्रत्याशी ललित आङबुहाङका १३ बुदे प्रतिबद्धताहरुः

१. गैरआवासीय नेपाली संघ भनेको धनाढ्यहरुको मात्र संस्था हो भन्ने भ्रमलाई चिर्दै हङकङमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा संस्था हो भन्ने वास्तविकता स्थापित गर्न दिलो ज्यान दिएर लाग्ने छु ।
२. कुनै पनि संस्थाको मेरुदण्ड भनेको सदस्यहरु नै हुन् । यसको लागि सदस्य संख्या अधिक बनाउन आवश्यक रहेको छ । २० हजार भन्दा बढी गैरआवासीय नेपाली रहेको हङकङमा अहिलेसम्म ६ सयमात्र सदस्य रहेको स्थितिमा दुई वर्षे कार्यकालमा कम्तिमा १० प्रतिशतलाई संस्थाको सदस्य बनाउने मेरो लक्ष्य रहेको छ ।
३. हङकङ सरकारलगायत विभिन्न समुदायमा द्विविधा रहेको परिपे्रक्ष्यमा गैरआवासीय नेपाली संघलाई नेपाली प्रतिनिधिमूलक संस्थाको रुपमा स्थापित गराउन प्रयत्नशील रहनेछु ।
४. स्थानीय नेपालीको आवश्यकता अनुसार हङकङ सरकारका विभिन्न निकायसंग आवश्यकीय समन्वय गर्दै अघि बढ्ने प्रण गर्दछु ।
५. नेपाली समुदायका स्थानीय संघसंस्थाहरुसंगको सम्बन्धलाई अझ परिष्कृत र फराकिलो बनाउँदै लानेछु ।
६. नेपाली महावाणिज्यदूतावाससंगको सम्बन्धलाई अझ सुमधुर बनाउदै रचनात्मक कार्यमा हातेमालो गरेर अगाडि बढ्नेछु ।
७. स्थापनाको एक दशक भन्दा बढी समयमा पनि संघको कार्यालय स्थापना हुन नसक्नुले यसको प्रभावकारिता र गरिमा आवश्यकीय रुपमा बिस्तार हुन नसकेको परिप्रेक्ष्यमा कार्यालय स्थापनालाई प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाउनेछु ।
८. संस्थाका अभिलेख तथा कोषलाई व्यवस्थित र पारदर्शी बनाउने कार्यलाई प्राथमिकतामा राख्नेछु ।
९. संस्थाका अग्रजहरुको भूमिका गौण बन्ने परिपाटीले उहाँहरुको अनुभव र ज्ञानको सदुपयोग हुन नसकिरहेको स्थितिलाई सुधार गर्दै राष्ट्रिय स्तरमा संरक्षक परिषद् गठन गर्नेछु ।
१०. संस्थाका गतिविधिहरु सार्वजनिक गर्नका लागि वार्षिक मुखपत्रलगायतका सामग्री प्रकाशन गर्नेछु ।
११. भर्खरैको भूकम्पको कारण मातृभूमि नेपालमा आवश्यक पुनर्निर्माण कार्यको लागि केन्द्रीय अध्यक्षज्यूलाई नेपाल सरकारले सद्भावदूतको रुपमा नियुक्त गरेको परिप्रेक्ष्यमा संघको दायित्व र भूमिकालाई प्रभावकारी रुपमा अघि बढाउन सहयोगी भूमिका निर्वाह गर्नेछु ।
१२. नेपालको पर्यटन, व्यापार तथा व्यावसाय प्रबद्र्धन र लगानी भित्राउने वातावरणको लागि सहयोगी भूमिका निर्वाह गर्नेछु ।
१३. संघले स्थापनाकालदेखि उठाउदै आएको ‘दोहोरो नागरिकता’ को पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउदै आवश्यकीय भूमिका निर्वाह गर्नेछु ।





Hot News

 

SEARCH

Newsletter

Top