Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

किरात राईहरुको सामुहिक चुला घरमा प्रथम पटक अन्नप्राशन

Tuesday, 06.23.2015, 01:34pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
         २१ जुन, हङकङ– युन लङ स्थित किरात राई यायोक्खा हङकङको सामुहिक चुलाघरमा यायोक्खाको भाषिक संस्था किरात साम्पाङ राई जुम्लेखा हङकङद्धारा उक्त संस्थाका उपाध्यक्ष गंगाराम राईको सुपुत्र केनेथ साम्पाङ राईको किरात साम्पाङ राईहरुको संस्कार अनुसार भात खुलाई (चा पिमाक ए रुप्सा) कार्यक्रम सम्पन्न ग-यो ।
         जुम्लेखाका अध्यक्ष तेज कुमार साम्पाङ राई, किरात राई यायोक्खाका अध्यक्ष शशीमदन राई, उपाध्यक्ष रजिन राई, सल्लाहकार हेजेन राई, सुनुवार समाजका अध्यक्ष एल.बि. मुखिया, बगैचा डटकमका अध्यक्ष नरेश सुनुवार, यायोक्खाका पदाधिकारी तथा किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष पिताम्बर राई, किरात राई बान्तावा यायोक्लाका दुर्गाकान्त राई, किरात थुलुङ सामाका अध्यक्ष राम्ली राई लगायतका अन्य भाषिक संस्थाहरुको प्रतिनिधीहरुलाई आशन ग्रहरण गराइएको उक्त भात खुलाई कार्यक्रम यायोक्खाका प्रमुख पुजारी (कुबिमी) श्रेष्ठ बहादुर राई तथा सहायक पुजारी नारायण प्रसाद राईले किरात साम्पाङहरुको मुन्धुम अनुसार चुलालाई बल माग्दै सम्पन्न गरेका थिए भने उक्त कार्यक्रममा विशेष सहयोगीको रुपमा हरिचन्द्र साम्पाङ राईले भूमिका निर्वाह गरेका थिए ।
         बगैचा डटकमका भिडियोग्राफर श्याम कर्ण सुनुवारद्धारा भिडियो लिइएको उक्त कार्यक्रमलाई निकट भविश्यमै डकुमेन्ट्रीका रुपमा सि.डि. मा सार्वजनिक गर्दै आफ्नो संस्कार र कर्मकाण्डहरु जान्न बुझ्न खोज्ने र पछ्याउने भावि सन्ततीहरुका लागि एउटा कोशे ढुङगा साबित हुने उक्त कार्यक्रमका संयोजक हरिचन्द्र साम्पाङ राईले बताए । जुम्लेखाले २ वर्ष अगाडी सोहि सामुहिक चुलाघरमा बुङखमा (सुनिस्का) राईको समेत किरात राई साम्पाङहरुको संस्कार अनुसार नौरान गरी सि.डि.समेत सार्वजनिक गरिसकेको छ ।   
 





Hot News

 

SEARCH

Newsletter

Top