Hot News
किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई, ; महाअभियोग लगायो भने कार्की भविश्यका लागि पनि अयोग्य घोषित हुनेछन् ; थाहै नदिई पिल्लर गाडेर भारतले जमिन अतिक्रमण गरेको हो
Home > News > News

हङकङबाट पठाएको तीनहजार किलो राहत सामग्री वितरण कार्य सकियो

Saturday, 06.20.2015, 10:09am (GMT+6.5)    | Comment | Print | Tell friend

आम्भू जेठा

हङकङ, काठमाण्डौं १९ जुन २०१५। गत वैशाख १२ गएको आमविनाशकारी महाभूकम्प पिडितहरुको लागि हङकङबाट विभिन्न संघसस्थाहरुले राहात सामग्री नेपालमा पुर्याएका थिए। त्यहि क्रममा, हङकङको स्थानिय नेपालीहरुबाट संकलन गरि पठाएको राहात भूकम्प प्रभावित विभिन्न विकट ठाउँहरुमा लगेर वितरण गरेको थियो ।

नेपाली जनप्रगतिशील मञ्च हङकङले पठाएको ३ हजार किलो भन्दा धेरै राहात सामग्री रामेछापको गुन्सी गावीस र वेथान गावीसमा, लमजुङको ठाँडस्वरा ९ इलमपोखरी, गोर्खाको सारुपानी ८ रनचोक गाँउ, सिन्धुपाल्चोकको सिमपाल, धादिङको तिप्लिङका गाविस जस्ता ठाउँहरुमा वितरण गरिएको थियो ।

वितरण गरेको राहत सामग्रीहरुमा टेन्ट, कम्मल, लत्ताकपडा, औषधी लगायतका सामग्रीहरु थिए । कपन स्थित एक अनाथलयका ४४ वालवालिकालाई समेत लताकपडा प्रदान गरिएको थियो ।

नेपाली जनप्रगतिशील मञ्च हङकङले मिलन फाउण्डेसन नेपालको सहयोगमा लमजुङको ठाँडस्वरा ९ इलमपोखरीको पूर्ण ध्वस्त बुद्घ प्रावी स्कुलको भवनलाई ५ वण्डल टिन प्रदान गरेको छ । फाउण्डेसनको सहयोगमा काठमाण्डौंबाट गोर्खाको इलमपोखरी र लमजुङको ठाँडस्वरासम्म पुर्याई राहात वितरण गरेको थियो । रामेछापको गुन्सी गावीस र वेथान गावीसमा एनकेपा माओवादी विदेश विभाग मार्फ राहात वितरण गरेको थियो । सिन्धुपाल्चोकको सिमपाल, धादिङको तिप्लिङका गाविस र कपनको अनाथलयमा लिङदेन युवा समाजले हङकङबाट पठाएको राहात वितरण गरिएको थियो ।

हङकङमा रहेको एनेकपा (माओवादी) हङकङ शाखा र उस अन्तरगत नेपाली जनप्रगतिशील मञ्च हङकङ, लिम्बुवान, तमुवान, किराती, मगरात राष्ट्रिय मुक्ति मोर्चा हङकङ र एचके नेपाल ह्यर सेलुन लगायत अन्य विभन्न संघसस्था तथा निजि क्षेत्रहरुबाट राहात संकलन गरि भूकम्पको मुख्य प्रभावित ठाउँहरुमा पठाइएको राहात संकलन संयोजक एनेकपा (माओवादी) हङकङ शाखाको अध्यक्ष रविन लिङदेनले जानकारी गराए ।

नेपाल सरकारको एकद्घार प्रणालीको कारण त्रिभुवन विमानस्थलबाट राहात सामग्री निकालेर विभिन्न ठाउँहरुमा आफैले लगेर राहात वितरण गर्न गाह्रो परेको हङकङका विभिन्न संघ सस्थाहरुले वताइरहेका थिए । "हामिले तेति धेरै राहात सामग्री संकलन गरि पठाउन सकेनैं र पठाएको ३ हजार किलो भन्दा धेरै राहात सामग्री एयरपोर्टबाट निकाल्न तेति गाह्रो परेन, तर भूकम्प प्रभावित विकट स्थानहरुमा लानलाई विभिन्न कठिनाई भएको थियो" लिङदेनले वताए ।

राहातमा एनेकपा (माओवादी) हङकङ शाखा र उस अर्न्तगत रहेको संघसंस्था भन्दा वाहिरबाट उठेको सहयोग रकम स्कुललाई टिन किन्नलाई र वोक्नलाई भाडामा खर्च गरिएको राहात कोष संयोजक एनेकपा (माओवादी) हङकङ शाखा सचिव युवराज तमुले संचारकर्मीलाई वताए । संगठन भन्दा वाहिरबाट उठेको रकम हामिले सचेतता पूर्वक अन्य मसलन्द खर्च गरेका छैनौं, बरु हामीले आफ्नो गोजिको पैसा खर्च गरेका छौं उनले भने ।

हङकङमा संकलित राहात सामग्रिहरुमा दि हङकङ पोलिटेक्निक युनभर्सिटीबाट औषधि सहित ४५ कार्टुन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष र विरष्ठ उपाध्यक्षबाट संकलित १७ बोरा, हङकङ रिप्रेरिजेन्टिभ विथ होल्डन लिमिटेड एण्ड भिन्सी चू जोइन्ट ग्रुपबाट सात बोरा, प्रितिका गुरुङबाट १२ कार्टन सहित जोर्डन, चुनवान, युनलोङ, वानचाई, काम्तिन, मङकक जस्ता ठाउँहरुमा वस्ने नेपालीहरुबाट संकलन भएको थियो । त्यस्तै आइसिए चर्च लगायत विभिन्न चर्चहरुले समेत सहयोग गरेको थियो ।

एचके नेपाल हेयर सैलुन हङकङको सहयोगलाई दर्जन भन्दा धेरै महिला समाजसेवीहरुको सक्रियतामा हङकङ डलर ५०० उठाएर ब्लाङकेट, कम्मल, महिला तथा केटाकेटिले लगाउने कपडा किनेका थिए । सारि सुब्बाबाट संकलन गरिएको राहात सामग्रीहरुमा टेन्ट, ब्लाङकेट, कम्मल, महिला तथा केटाकेटिले लगाउने कपडा करिब ७ बोरा थियो । सैलुनले राहात सामग्री संकलनको लागि स्थान उपलब्ध गराएको थियो ।

उक्त राहत सामग्री नेपाल पठाउन हङकङ स्थित नेपाल महाविणज्यदुतावासको कार्यालय, नेपाल एयरलाइन्स, ड्रागन एयर तथा एमर्जेन्सी रिलिफ अप्रेसन युनिट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, विदेश ब्यूरो एनेकपा माओवादीले ठूलो सहयोग गरेको भन्दै संयोजक लिङदेनले वताए ।

गोर्खाको इलमपोखरी र लमजुङको ठाँडस्वरा सम्म टिन र लत्ताकपडा पुर्याउन ठुलो कष्ट भोग्नु परेको मिलन फाउण्डेसनका संरक्षक मिलन तमुले वताए । उक्त ठाउँमा राहत सामग्री पुर्उन स्याङजा परिवार दक्षिण कोरियाले ५३ हजार रकम खर्च गरेको स्थानियवासीले ३ घण्टाको पैदल बाटो बोकेर पुर्याएको फाउण्डेसनका वोर्ड सदस्य गौरी गुरुङले जानकारी पठाए ।  भूकम्प गएको करिव दुइमहिना पछि सो ठाउँमा राहत सामग्री वितरण भएको गोर्खाको इलमपोखरी र लमजुङको ठाँडस्वरामा सरकारको तर्फाट कुनै राहात सामग्री नपुगेको कास्की आवाजले छापेको छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top