Hot News
मत गणना सुरू, कहा कति खसेत मत ? ; दोस्रो चरणको निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न, ७०. ५ प्रतिशत मतदान: आयोग ; मतदान केन्द्रनजिकै बम विष्फोट मतदान पुनः चालू ; मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित ; मतदानमा दुर्इ जनाको निधन
Home > News > News

बगैंचा डटकम लिमिटेडमा नरेश सुनुवार

Tuesday, 06.16.2015, 10:42pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
        १४ जुन, हङकङ– जोर्डन स्थित नेपाल फाइनान्सको कार्यालयमा प्रथम अधिवेशन सम्पन्न भए संगै बगैचा डटकम अब बगैचा डटकम लिमिटेडमा परिवर्तन भएको छ । प्रथम चरणको बन्दसत्र कार्यक्रम मार्फत बगैंचा डटकमका संरक्षक शशीमदन राईको संयोजकत्वमा बनेको निर्वाचन मण्डलद्धारा नरेश सुनुवारको अध्यक्षतामा क्रमशः उपाध्यक्षमा हरिचन्द्र राई (व्यावासायिक सेवा) र सुवास राई (सामाजिक सेवा), सचिवमा टोपबहादुर राई, सह–सचिवमा नविन सुनुवार, कोषाध्यक्षमा गजेन्द्र राई र सह–कोषाध्यक्षमा धिरज कुमार बान्तावा राई र सदस्यहरुः गंगाराम राई तथा एल.बि. सुनुवार गरी ९ सदस्यीय कार्य समितिको चयनसंगै निकट भविश्यमै २ सदस्यहरु मनोनयन गरी ११ सदस्यीय कार्य समितिको गठन गर्ने निर्णय गर्यो ।

       दोस्रो चरणको खुल्लासत्र कार्यक्रममा बगैचा डटकमका अध्यक्ष नरेश सुनुवारले सभापतित्व गरेका थिए भने प्रमुख अतिथि र विशेष अतिथिका रुपमा क्रमशः एभरेष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक किसन राई तथा भारतीय गोर्खा भू.पू. सैनिक संघका वरिष्ठ उपाध्यक्ष मान प्रसाद गुरुङ रहेका थिए । त्यस्तै गरी अन्य अतिथिहरुमा बगैचा डटकमका संरक्षकहरु शशीमदन राई, धिरज कुमार राई, तिलक मोहन राई, रजिन राई तथा सल्लाहकार अतित मुखिया रहेका थिए ।

 बगैंचा डटकमका उपाध्यक्ष सुवास राईको श्वागत मन्तब्य संगै शुरु भएको खुल्लासत्रको औपचारिक कार्यक्रममा धिरज कुमार राई, तिलक मोहन राई, मान प्रसाद गुरुङ, अतित मुखिया, हरिचन्द्र राई, श्याम कर्ण सुनुवार, मगेन्द्र राई, मधु कुमार राई, एल.बि.मुखिया लगायतका अतिथि तथा प्रतिनिधीहरुले शुभकामना मन्तब्य राख्ने क्रममा बगैचा डटकमका निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै बगैचा डटकममा आवद्ध सबै मालीहरु एक भई आउँदो दिनहरुमा यसलाई अझ सुन्दर बनाउन लागि पर्न अनुरोध गर्दै ऐक्यबद्धता समेत जनाए ।

       मन्तब्यकै क्रममा बगैचा डटकमका अर्का संरक्षक तथा सस्यौदाकार शशी मदन राईले बगैचा डटकम लिमिटेड अब बैधानिक रुपमै व्यावशायिक तथा सामाजिक सेवा गरी २ वटा अलग संजालको रुपमा अगाडी बढ्ने प्रस्ट्याउदै ति दुबैको संचालक भनेकै निर्वाचित कार्य समिति भएको बताए । त्यस्तै गरी कार्यक्रमका प्रमुख अतिथि एभरेष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक किसन राईले निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै आफ्नो १५ वर्षे पत्रकारिता यात्राका तिता मिठा अनुभवहरु सुनाएर एउटा पत्रकारले आफ्नो धर्म र बाटो नछाडी जस्तो सुकै परिस्थितीको पनि सामना गर्दै अगाडी बढे एक दिन सत्यको विजय हुने र त्यसको प्रतिफल प्राप्त भई छाड्ने बताए । यसै क्रममा इमिडिया आउदैमा छापा पत्रिका र फेसबुक, ट्विटर लगायतका समाजिक सञ्जाल आउदैमा इमिडियाको भविश्य समाप्त भइहाल्छ भन्ने सोच गलत रहेको बताउँदै समय सापेक्ष सबैको उत्तिकै महत्व रहने बताए । त्यस्तै गरी एउटा पत्रिका आए अर्को पत्रिकाको बजार खोसिन्छ भन्ने धारणा पनि गलत रहेको बताउँदै हङकङकै सन्दर्भमा पनि एभरेष्ट पछि सनराइज र एथ्निक भ्वाईस नआएको भए एभरेष्टको क्वालिटी यति उच्च नहुने अनुभव पोख्दै “बगैंचा डटकम सबैको साझा र सुन्दर फूलबारी बन्न सकोस, मेरो तर्फबाट सक्दो सहयोग हुनेछ” भन्दै प्रतिबद्धता समेत जनाए । 

      अन्तमा अध्यक्ष नरेश सुनुवारले २००८ मा स्थापना गरि अगाडी बढिरहेको बगैचा डटकमको उद्धेश्य र सपना बल्ल साकार भएकोमा खुसि व्यक्त गर्दै यसको श्रेय संस्थापक लगायत हालका संरक्षक, सल्लाहकार, प्रतिनिधीहरु एवं बगैचा डटकममा आवद्ध सम्पूर्ण व्यक्ति तथा संसारभरका असल पाठक तथा शुभचिन्तकहरुमा दिदै समाप्त भएको कार्यक्रमलाई सचिव टोपबहादुर राईले संचालन गरेका थिए । 




Hot News

 

SEARCH

Newsletter

Top