Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > News

५ लाख रुपैंया नगद यात तुङ तुङचुङवासीले भूकम्प पिडितलाई बितरण गरे

Monday, 06.15.2015, 09:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

अम्बु जेठा

१४ जुन २०१५, हङकङ स्थित यात तुङ, तुनचुङवासी नेपालीहरुको समाज "यात तुङ नेपाली समाज तुङचुङ हङकङ"ले एक कार्यक्रम आयोजना गरि ५ लाख रुपैंया नगद भूकम्पको अति प्रभावित क्षेत्र गोर्खाको बारपाक र लार्पाक पुगि राहत वितरण गरि फर्किएको जानकारी गराएका थिए । यात तुङ तुङचुङवासी नेपालीहरुबाट उठाएको उक्त राहत रकम संस्थाका अध्यक्ष यदु वनेम र कोषाध्यक्ष मनकाजी श्रेष्ठ सो क्षेत्र पुगेर राहत वितरण गरेको जानकारी गराए ।

जोर्डन स्थित भारतीय गोर्खा भूपू सैनिक क्लबमा सम्पन्न जानकारी सभा कार्यक्रममा बोल्दै गोर्खाको विभिन्न ८ ठाउँमा ५ लाख रुपैया नगद प्रदान गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी गराए । पिडितहरुको लागि राहत रकम नेपाल गएपछि पनि उठाउने कार्य जारि रहेकोले हङकङ डलर २ हजार ८ सय रकम बाड्न बाँकी रहेको उनले वताए ।\\

संस्थाको अध्यक्ष वनेमले गोर्खाको विभिन्न ठाउँमा पुगेर राहत वितरण गर्न भौगोलिक विकटताको कारण निक्कै कष्ट भोग्नु परे पनि आफै गएर राहत बितरण गर्न सफल भएकोमा खुसि ब्यक्त गरे । वितरण गरेर पनि उब्रिएको शेष राहत रकम ताप्लेजुङ बाढिपिडितहरुलाई वितरण गर्ने बताए । उनले बाडिपिडितहरुको लागि राहत सहयोग गर्न समेत आग्रह गरे । उपाध्यक्ष कालजित गुरुङले शूभकामना मन्तब्य दिदै संस्थाले उठाएको रकम अध्यक्ष र कोषाध्यक्षले आफ्नै खर्चमा त्यो ठाउँहरुमा पुगेर राहत वितरण गरेकोमा धन्यवाद सहित खदा लगाएर सम्मान गरेका थिए । 

यात तुङ नेपाली समाजको सचिव रमेश गुरुङले संचालन गरेको कार्यक्रममा बोल्दै समाजका बुद्घिजिवि तथा संचारकर्मी इन्द्र लोक्समले राहत रकम संकलनमा सहयोग पुर्याउने र दिने सवैलाई धन्यवाद दिए । त्यसैगरि आफ्नो विचार ब्यक्त गर्दै संस्थाको सहसचिव सरिता लिम्बु राई, बुद्धिजिवी सुवास राई, संस्थाका सल्लाहकार पूर्ण प्रसाद देवान लगायत वक्ताले सवै सहयोगिहरुलाई धन्यवाद दिएका थिए भने समाजले सह्रानिय कार्य गरेकोमा प्रसन्न ब्यक्त गरेका थिए ।

राहात रकम गोर्खा बारपाकमा रू. १ लाख, आम्पिपल स्थित जनता मावी गोर्खामा रु. १ लाख, हर्मी स्थित प्रगतिशील आमा समुहमा रू. ५० हजार, सिरिनाथ कोर्ट स्थित श्री महन ग्रामिण क्लबमा रू. ५० हजार, तंलिचोकमा रू. ५० हजार, सिमजुङ स्थित श्री जीवन ज्योति निमावीमा रू. ५० हजार, गुम्दा स्थित सूर्य मावीमा रू. ५० हजार, लारपार्क स्थित श्री मनि काम नेभी मावीमा रू ५० हजार नगद सहयोग प्रदान गरि फर्किएका संस्थाको अध्यक्ष यदु वनेम र कोषाध्यक्ष मनकाजी श्रेष्ठ गोर्खा जानकारी गराए ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top