Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > News

आदिवासी जनजाति चलचित्र महासंघ द्दारा वृतचित्र निर्माण प्रशिक्षण

Friday, 06.12.2015, 01:44pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ
आदिवासी जनजाति चलचित्र महासंघ द्वारा आदिवासी जनजाति वृतचित्र निर्माण प्रशिक्षण कार्यक्रम हिजो २८ जेष्ठ २०७२ बाट सुरु भएको छ। उक्त प्रशिक्षण कार्यक्रमका पशिक्षकदय निर्देशक तथा आईफा अध्यक्ष नबिन सुब्बा र क्यामरा मा लुईजा सिङ श्रेष्ठ रहेकाछन ।

उदघाटन समारोहमा संघका अध्यक्ष अमृत सुनुवारको अध्यक्षता, प्रमुख अतिथि राज कुमार राई चलचित्र बिकास बोर्ड अध्यक्ष, विषेश अतिथि राम कुमार मादेन आदिवासी जनजाति प्रतिष्ठान अधिकृत अतिथिहरुमा चलचित्र कर्मीहरु नवल खडका,उदय सुब्बा, दिनेस पाख्रिन, बिजय रत्न तुलाधर, युवराज मगर, पर्सुराम चौधरी, जेनिस ब्लोन, शिब मुखिया, सुकमाया मोक्तान आदिवासी चलचित्र महासंघ पुर्व अध्यक्ष प्रतिमा पुन आदिको उपस्थित रहेकोथियो ।

प्रमुख, विषेश तथा सम्पुर्ण अतिथिहरुले मन्तब्यका साथमा सहभागि हुने विध्यार्थिहरुलाई शुभकामना दिएकाथिए। अध्यक्ष अमृत सुनुवारले आफ्नो मन्तब्यका साथमा उदघाटन कार्यक्रमलाई विसर्जन गरे पश्चात कक्षा सुरु गरिएकोथियो ।

एक हप्ता अवधि रहेको पसिक्षण मा राई लिम्बु सुनुवार,थारु, मगर आदिको सहभागिता रहेकोछ भने यस कार्यक्रमका प्रायोजक आदिवाशि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान रहेकोछ ।


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top