Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > News

नेपाली कथानक चलचित्र चकलेटको प्रथम प्रिमियर सो हङकङमा हुंदै

Wednesday, 06.10.2015, 11:08am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
        ९ जुन, हङकङ– नेपाली गीत संगीत, चलचित्र र कलाकारहरुको राम्रो बजार रहेको हङकङमा यहि २८ जुन २०१५, आइतबार याउ मा तेई कम्युनिटी हलमा नेपाली कथानक चलचित्र चकलेटको प्रथम प्रिमियर सो हुने भएको छ । जोर्डन स्थित चौतारी क्लबमा पत्रकार सम्मेलन गर्दै हङकङबासी चलचित्र निर्मात्री तथा उक्त कार्यक्रमकी अध्यक्ष खुसी गुरुङले सो बारे जानकारी दिएकी हुन् ।
        तमु प्लेहुँ संघका सचिव भोजेन्द्र गुरुङले संचालन गरेको उक्त कार्यक्रममा हङकङका प्राय सबै नेपाली पत्रकार तथा फोटो पत्रकारहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनका प्रमुख अतिथि एवं चलचित्र प्रदर्शनको विशेष सहयोगी संस्था तनहुँ समाजका अध्यक्ष जंगबहादुर थापाका साथै नेपाल आदिवासी जनजाती युवा संघ हङकङका अध्यक्ष विजय प्रकाश लिम्बु, बडि विल्डिङ एसोसिएसन हङकङका सचिव हिरा थापामगर लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्दै हङकङबासी समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त चलचित्र हेरेर नेपालका अनाथ बालबालिकाहरुको कथा र उनिहरुको कलालाई सम्मान गरिदिन अनुरोध गरे ।
        हङकङबासी खुसी गुरुङ लगायत नायीका पूजना प्रधान, प्रितिमाय गुरुङ, केशब तामाङ निर्माता रहेको उक्त चलचिललाई निर्मल श्रेष्ठ “गैंडा” ले निर्देशन गरेका छन् । नेपालका अनाथ बालबालिकाहरुको कथा, व्यथा र संघर्षको कथालाई उनेर प्राय सबै कलाकारहरु समेत तिनै अनाथ बालबालीकाहरु नै रहेको उक्त चलचित्र हङकङ लगत्तै अमेरीका, यु.के., पोर्चुगल लगायतका देशहरुमा प्रदर्शन गर्ने योजना रहेको र त्यसबाट आएको आम्दानीको केहि अंश तिनै अनाथ बालबालिकाहरुको हकहितका लागि खर्च गरिने जानकारी दिदै निर्मात्री गुरुङले प्रदर्शनका लागि विशेष सहयोग गर्ने तनह समाज हङकङ लगायत विभिन्न संघ संस्था, व्यक्ति तथा पत्रकारहरुलाई विशेष धन्यवाद दिदै हङकङबासी सबैलाई हलसम्म गएर उक्त चलचित्र हेरिदिन समेत आग्रह गरिन् ।  





Hot News

 

SEARCH

Newsletter

Top