Hot News
यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता
Home > News > News

हङकङेली साहित्यकार माझ आहुति

Tuesday, 06.09.2015, 10:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
        ५ जुन, हङकङ– जोर्डन स्थित नमोबुद्ध क्लबमा नेपालबाट काम विशेषले आएका साहित्यकार तथा राजनीतिज्ञ विश्वभक्त दुलाल “आहुति” संग हङकङबासी साहित्यिकार, पाठक तथा पत्रकारहरुद्धारा सात्क्षात्कार कार्यक्रम सम्पन्न भयो ।
 समीक्षक समाज हङकङले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता समाजका संयोजक गीतकार तथा साहित्यकार हेम कुमार लावतीले गरेका थिए भने अर्का कवि तथा साहित्यकार हाङयुग अज्ञातले कार्यक्रमलाई संचालन गरेका थिए ।
       "आहुति–संवाद" शिर्षक दिइको उक्त कार्यक्रममा विशेष गरी पहिचान र आज देश विदेशमा उठिरहेको आदीवासी जनजातीहरुको मुद्धाबारे विश्लेषण गर्दै साहित्य सृजना गर्दा तिनै मुद्दाहरुले लिप पोत गरेर के कसरी अझ साहित्यको सौन्दर्यलाई बढाउन सकिन्छ भन्ने बारे आफ्नो धारणा राखेको थिए ।  अन्त्यमा केही साहित्यकार तथा पाठकहरु र आहुति बीच सवाल जवाफको कार्यक्रम रहेको थियो भने पत्रकार तथा समालोचक जे.बि. पुनमगरद्धारा समग्र कार्यक्रमको टिप्पणी गरिएको थियो ।
        ए.ने.क.पा.माओवादीका पोलिटव्यूरो सदस्य समेत रहेका आहुतिले केही महिना पहिले काठमाण्डौंमा विमोचित हङकङबासी कवि तथा साहित्यकार हाङयुग अज्ञातका कविता संग्रह 'होङकोङ' विमोचनमा मन्तव्य राख्ने क्रममा “प्रवासीहरु सपना विहिन हुन्छन्, त्यहाँका कवि तथा लेखकहरुसंग कुनै पनि त्यस्ता गहन विषय वस्तुहरु हुदैंनन्, हुन्छ त केबल कुण्ठा मात्रै, उनिहरुमा देशभक्ति हुंदैन...” भन्ने जस्ता विवादस्पद अभिव्यक्ति दिएकामा आहुतिको हङकङ आगमन संगै उक्त अभिव्यक्ति बारे स्पस्ट पार्न अनुरोधका लागि प्रश्न तयारी पारी संवाद कार्यक्रममा उपस्थित भएका केही साहित्यकार तथा पाठकहरुलाई समय अभावको कारण दर्शाउदै आयोजकद्वारा प्रश्न सोध्ने अवसर नदिइएकामा रुष्ट समेत बनेका थिए ।



www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top