Hot News
किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई, ; महाअभियोग लगायो भने कार्की भविश्यका लागि पनि अयोग्य घोषित हुनेछन् ; थाहै नदिई पिल्लर गाडेर भारतले जमिन अतिक्रमण गरेको हो
Home > News > News

किरात याक्थुङ चुम्लुङ द्दारा भुकम्प पिडितलाई राहत वितरण

Friday, 06.05.2015, 02:42pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं २२ बैसाख
२०७२ बैशाख १२ र २९ को महाभूकम्पले क्षतिपुर्याएको पिडित ब्यक्तिहरुलाई लिम्बू जातिहरुको सस्था किरात याक्थुङ चुम्लुङले विभिन्न ठाँउहरु ललितपुर ईकुडोल वडा नं ३ मा २१ घर तामाङहरुलाई १,१, बन्डल जस्ता र खाध्यान्न सामग्री, सिन्धुपाल्चोकको क्युल गाविस वार्ड नं ९ को १३ घर ह्वोल्मुलाई १,१ बन्डल जस्ता र ललितपुर बडिखेलको वडा नम्बर ४,५,६,७ र ८ मा रहेको आदिवासी पहरी जातिको अपाङ्ग, सुत्केरी, सुकुम्वासी र एकल महिला ८८ लाई ११० बन्डल जस्ताको साथमा सुत्केरी महिला र बच्चाहरुलाई एक एक थान ब्लांग्केट र एक एक बट्टा घ्यु उपलब्ध गरेको छ भने मृतक १३ जना लिम्बूहरु को परिवारलाई १२ हजार प्रत्येक ब्यक्ति, घाईते १४ जनालाई १० हजार प्रत्येक ब्यक्ति राहत वितरण गरेकोछ ।

चुम्लुङले भुकम्प पिडित हरुकोलागी लिम्बू समुदायका प्रत्येक ब्यक्तिहरुबाट राहत संकलनगरि राहतकोष खडागरेको थियो। उक्त कोषमा इटहरि, सुनसरी, ललितपुर, भक्तपुर, काठमाडौं, कुवेत, मलेसिया, जापान, युएई दुबई र डिमापुर गोर्खा युनियन नागालेण्ड भारतको सहयोग रहेकोछ ।

कल्पना तुम्रोक


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top