Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > News

मगर संघ, सनैया 'ए' एरिया समितिको चौंथो भेला सम्पन्न

Monday, 06.01.2015, 10:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

रमेश कनौजेमगर, कतार

   नेपाल प्रवासी मगर संघ, सनैया '' एरिया समिती दोहा कतारले २०१५ मे २९ तारिकमा सनैया '' एरिया समितीका अध्यक्ष मिन ब. थापामगरको सभापतित्व तथा समितीका सचिव गणेश थापामगरको सञ्चालनमा केन्द्रिय समितीका का.वा. अध्यक्ष महेन्द्र थापामगरको प्रमुख आतिथ्य, मगर संघ कतारका सांस्कृतिक वाङ -राजा) तथा नेपाल प्रवासी मगर संघ,दोहा एरिया समितिका अध्यक्ष रविन थापामगर को विशेष आतिथ्यमा, केन्द्रिय समितिका द्धितिय उपाध्यक्ष शेर ब.रोकामगर, महासचिव रमेश कनौजेमगर र केन्द्रिय सदस्य अभिमत पुनमगर तथा सनैया बि एरिया समितिको अध्यक्ष बाबुराम थापामगरको आतिथ्यमा सनैया '' एरिया समितिको चौंथो भेला सम्पन्न गरेको छ । उक्त भेलाले कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त कार्यक्रममा उपाध्यक्ष अम्वर बहादुर थापामगरद्धारा स्वागत मन्तव्य दिए पछि उपस्थितीहरुमा परिचय कार्यक्रम संगै अतिथीहरुद्धारा शुभकामना मन्तव्य दिएका थिए ।

    मन्तव्यको क्रममा वक्ताहरुद्धारा संगठनको आरोह अवरोह तथा उद्देश्य तथा भए गरेका प्रयास र प्रगती बारेमा प्रष्ट पार्दै मगरहरु एकता हुने क्रम बढिरहेकोले छिट्टै मगरहरु एकढिक्का भएर मगरहरुको हक अधिकार प्राप्ति तथा पहिचान बनाउन नयाँ उचाई लिनेमा बिश्वास व्यक्त गरेका थिए । मन्तव्यकै क्रममा बक्ताहरुले सनैया '' एरिया समिती केन्द्रिय समितिको दाहिने हात भएर शुरुवात देखी नै रचनात्मक उत्कृष्ठ कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा अझ नयाँ उचाइका कार्यहरु गर्ने आशा व्यक्त गर्दै शुभकामना दोहा एरिया समितिका अध्यक्ष रविन थापामगरले दिनु भएको थियो ।

    कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी का.वा. अध्यक्ष महेन्द्र थापामगरले नेपालमा मगर संघको स्थापना देखि र कतारमा मगर संघको स्थापनाकाल देखिको गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरुसंग गरेको सहकार्यका अवस्था, मगरहरुको लागी आर्थिक अवस्था सुधार्ने हेतु र बचत गर्ने वानी गर्नका लागी र भविष्यमा लगानी गर्ने उद्धेश्येले स्थापना भएको नेपाल प्रवासी मगर वचत कोष, कतारले आज सम्म कोषले भए गरेका कार्यहरुको जानकारी गराउंदै भर्खरै मार्च १ तारिख २०१५ देखि लागू हुने गरी नेपाल मगर संघ, केन्द्रिय कार्यालय काठमाण्डौबाट बैदेशिक शाखाको मान्यता पाएको र अझ कतारको मगर संघलाई जिम्मेवार थपिएको वारेमा जानकारी दिनुभएको थियो। अन्तमा कार्यक्रमका सभापतिले उपस्थितीमा धन्यवाद सहित सनैया '' एरिया समितीको वर्तमान कार्यसमिती भंग भएको घोषणा गर्नुहुँदै कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।

    खुल्लासत्र सकेपछी शुरु भएको बन्दशत्रमा शेर ब. रोकामगरको संयोजकत्वमा अभिमत पुनमगर र बाबुराम थापामगर सदस्य रहेको निर्वाचन समिती बनाई कार्यक्रम अगाडी बर्ढाईएको थियो । बन्दशत्र कार्यक्रममा नेपाल प्रवासी मगर संघ, सनैया '' एरिया समिती दोहा कतारका सचिव गणेश थापामगर ले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण सोरालीमगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन  भेलाले सामान्य संसोधन सहित अनुमोदन गरी पारीत गरेको थियो ।

    उक्त भेलाले मिन ब. थापामगर (तनहुँ)को  अध्यक्षतामा १३ सदस्यिय नेपाल प्रवासी मगर संघ, सनैया '' एरिया समिती, दोहा कतार गठन गरेको छ । उक्त एरिया समितीमा उपाध्यक्षमा अम्वर बहादुर थापामगर (ताप्लेजुङ), सचिवमा रेशम आलेमगर (गोरखा), सह सचिवमा कर्णथापामगर (धनकुटा), कोषाध्यक्षमा कृष्ण सोरालीमगर (ताप्लेजुङ), सदस्यहरुमा याम बहादुर थापामगर (तनहुं), रन बहादुर सूर्यबंशी मगर (ताप्लेजुङ), पदम बहादुर थापामगर (तनहुं), केशव थापा मगर (अर्घखाँची), छवीलाल थापामगर (पाल्पा), मकेन्द्र थापा मगर (धनकुटा), हिरा बहादुर आलेमगर (गोरखा) र तोप बहादुर सारु मगर (नवलपरासी) र्सबसम्मतले निर्वाचित भएको छ । त्यसपछी कार्यक्रमका प्रमुख आतिथि केन्द्रिय समिति का का.वा. अध्यक्ष महेन्द्र थापामगरले चुनिएका पदाधिकारीज्युहरुलाई शपथ ग्रहण गराइ सकेपछी कार्यक्रमको अन्तमा नवनिर्वाचित अध्यक्षद्धारा अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएकोमा निर्वाचन समिती र बन्दशत्रमा उपस्थित सम्पूर्णमा धन्यवाद सहित खुसी व्यक्त गर्नुहुँदै आफ्नो धारण राख्नुभएको थियो ।




Hot News

 

SEARCH

Newsletter

Top