Hot News
ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; महाविर पुनको सहयोगार्थ भारतीय गोर्खा भू.पू.साँझ–२०१७ सम्पन्न ; साहित्य श्रृंखलाको ६ औं वार्षिकोत्षव २५ जुनमा ; अनुप ले गरे आँखामा तिम्रो आँखामा निर्देशन
Home > News > News

हङकङ साहित्यक साझा श्रृंखलाको संयोजकमा बज्र कुमार राई

Tuesday, 06.02.2015, 11:04am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
           ३१ मे, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाले जोर्डन स्थित कङगन रेष्टुरेण्टमा तेस्रो वार्षिक कार्यक्रम–२०१५ तथा भूकम्प पीडितहरुप्रति समर्पित काव्यवाचन कार्यक्रम संगै बज्र कुमार राईको संयोजकत्वमा ३ सदस्यीय कार्य समिति समेत चयन ग-यो । जस अनुसार संयोजक बज्र कुमार राई, सचिवमा धन यक्सो र कोषाध्यक्षमा मेखबहादुर आले रहेका छन् ।
            हङकङबासी कवि, साहित्यकार, साहित्यानुरागी महानुभाव, शिक्षक, बुद्धिजिवी तथा पत्रकारहरुको बाकुलो उपस्थिति रहेको उक्त कार्यक्रमलाई श्रृंखलाकी संयोजक दीपा एवाई राईले सभापतित्व गरेकी थिइन् भने बज्र कुमार राई र सुनिता गिरीले संचालन गरेका थिए ।
           सुनिता गिरीको श्वागत मन्तब्यसंगै राज कुमार राई, चन्द्र मादेन, त्रिभुवन लुङफुङवा, तेज प्रकाश राई, देवराज राई, कमल पौडेल, हेम कुमार लावती, डि.बि.पालुङवा, देश सुब्बा, जेवी पुनमगर, किसन राई, दिपेन्द्र राई लगायत विभिन्न साहित्यिक संघ संस्थाहरुमा आवद्ध व्यक्तित्व तथा पत्रकारहरुले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा चन्द्र मादेन, नरजित राई, टोपबहादुर याक्खा, दिपा एवाई राई, मेख बहादुर आले, मगेन्द्र राई, निरज राई, पूर्णिमा शाह, हेम कुमार लावती, धन यक्सो, आशीष सम्पाङ “महेश”, सुनिता गिरी, मनु कनदङवा, बज्र कुमार राई, देश सुब्बा, विष्णु इङनाम, आयुसी क्षेत्री लगायतका डेढ दर्जन बढि कवि तथा साहित्यकारहरुले भूकम्प पीडितहरुप्रति समर्पित काव्यवाचन गरेका थिए भने अनुपस्थित हङकङकै अर्का कवि दाजु गुरुङको “अलविदा धरहरा अलविदा” तथा बहराइनबासी कवि चन्द्र गुरुङको “भूइँचालो र फूल” शिर्षकको कविता समेत वाचन गरिएको थियो ।
            विगत ३ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी कवि, साहित्यकार तथा साहित्यानुरागीहरुलाई एक ठाउँ भेला पार्दै विभिन्न साहित्यिक गतिविधी, विचार–विमर्श, सृजना वाचन तथा समीक्षा समेत गर्दै आएको श्रृंखलाका संस्थापकहरु राज कुमार राई, देश सुब्बा, टंक सम्बाहाम्फे र दाजु गुरुङ संरक्षक तथा पूर्व संयोजकहरु चन्द्र मादेन, टोपबहादुर याक्खा र दीपा एवाई राई सल्लाहकारका रुपमा रहेका छन् । 
 





Hot News

 

SEARCH

Newsletter

Top