Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

हास्य अभिनेता विलसन बिक्रम राई उर्फ तक्मेबुढा चलचित्र ‘रातो घर’को निर्माता बने, जुलाई २५ मा शो

Monday, 06.01.2015, 10:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

       वर्तमान नेपाली हास्य कलाको जगतमा अति लोकपृय तथा बहुचर्तित अभिनेता विलसन बिक्रम राई (तक्मेबुढा) अब कलाकारको रूपमा मात्र नभएर चलचित्र निर्माताको रूपमा देखा पर्ने भएका छन् ।

हालै दश वटा मोसन पोस्टर र लिरीकल ओडियो गीत सार्वजनिक गरिएको चलचित्र रातो घर विलसन बिक्रम राई (तक्मेबुढा) र सुरज सुब्बा नाल्बोले संयुक्त रूपमा निर्माण गरेका छन भने उक्त चलचित्रको प्रिमियर शो जुलाई २५ का दिन युकेको Aldershot स्थित प्रिन्स हल (Princes Hall) मा प्रदर्शन हुने भएको छ ।

माङ हिम फिल्मस् तक्मे प्रोडक्सनद्वारा निमार्ण गरिएको उक्त चलचित्रको निकेश लिम्बु प्रस्तुकर्ता रहेका छन । मेन्छा रुम्दालिको कथा बस्तुमा आधरित चरचित्रको पकटकथा निर्देशक- सुरज सुब्बा नाल्बो, सम्पादक- विपीन मल्ल, संगित तथा शब्द- महेश खडका र डम्बर नेपालीको रहेको छ भने ससी रावलको सुरिलो स्वर पनि सुन्न पाईने छ । त्यस्तै चलचित्रको नृत्य निर्देशक- कविराज गहतराज, द्वन्द निर्देशक- रोशन श्रेष्ठ र कलाकारहरू- विलसन विक्रम राई, समयम पुरी, गौरभ पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुवर, भानु प्रताप, उपशसना नेम्वाङ र श्याम राई लगायतको अभिनय रहेको छ ।

चलचित्र रातो घरले लागु पदार्थ विरुद्ध सर्ट मुभीको प्रतियोगीता गराउदैछ । रातो घरले प्रतियोगितामा प्रथम हुने चलचित्रलाई रु १ लाख को पुरस्कार रासी ब्यवस्था गरेको छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top