Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > News

हङकङ नेप्लिज टेनिस सोसाईटीद्वारा भूकम्प पिडितहरुलाई चरणबद्ध राहत बितरण कार्य सम्पन्न

Monday, 06.01.2015, 08:50pm (GMT+6.5)    | Comment | Print | Tell friend

प्रतिनिधि बगैंचा डटकम

शारिरिक स्वस्थ्य, मनोरन्जन तथा मित्रता र भातृत्व अनि टेनिस खेलकुदको बिकाश गर्दै आईरहेको टेनिस सोसाईटीले आपद बिपदमा मानबीय कार्यमा समेत सहभागी हुँदै आईरहेको छ।यहि सन्दर्भमा हालै नेपालमा आएको आमबिनाशकारी महाभूकम्प परि सर्बस्व गुमाउनेहरुको पिडामा साथ दिन सोसाईटीले अति प्रभावित क्षेत्रको सिन्धुपाल्चोकका ढुङ्गेछापका पिछाडिएका दलित बर्गहरुलाई लक्षित गरि गत मे १६ मा "पहिलो चरण राहत बितरण" गर्यो। दलित बर्गहरुलाई विशेष प्राथामिकता दिदै २ सय भन्दा बढी घरपरिवारलाई प्रती घर ५ थान थाल, थान गिलास, थान ओढ्ने कम्बल र लत्ता कपडाहरु बितरण गरियो। त्यसै गरि मे २६ मा अपाङ्ग तथा भुकम्प पिडित सिन्धुपाल्चोककै केटाकेटीहरुलाई ह्विल चेयर तथा लत्ता-कपडा बितरण गरियो।त्यसै गरि २७ तारिख ललितपुरको लुभुमा डा. नाबिर श्रेष्ठ तथा तेक्वान्दो डोजाङको समन्वयमा ६० घरपरिवारलाई प्रती परिवार एक बोरा चामल, दाल, तेल, नुन र साबुन बितरण गरियो भने २८ तारिख गीतकार महासंघ नेपालका महासचिव शुभ मुकारुङको समन्वयमा नुवाकोटका २२ घर परिवारलाई प्रती परिवार एक बोरा चामल, दाल, तेल, नुन, साबुन र झुल बितरण गरियो।

हङकङबाट नेपाल पुग्नु भएको सोसाईटीका प्रतिनिधि राम (होम) नेपालको प्रत्यक्ष सम्लग्नता र ब्याबस्थापनमा राहत बितरण सम्पन्न भएको थियो।त्यसै गरि सिन्धुपाल्चोककै एक दलित टोलबासीहरुलाई पुनर्बास गराउन हङकङ कान्तिपुर सम्बादाता निर्मल श्रेष्ठ मार्फत रु एक लाख हस्तान्तरण गरिएको थियो।साथै सोसाईटीसँग सङ्कलित बाँकी रकम पनि चाडै आवश्यक स्थानमा सहयोग उपलब्ध गराईने अध्यक्ष मगेन्द्र राईले बताउनु भएको छ। स्मरण रहोस सोसाईटीले यो भन्दा अगाडि नेपालबाट आएकी अल्ट्रारेसका धाविका मीरा राईलाई सम्मान सहित केही नगद सहयोग, नेपालबाट आएका जुनियर टेनिस खेलाडी अभिषेक बास्तोलालाई सम्मान तथा ताप्लेजुङ अग्नि पिडितलाई च्यारिटि टेनिस खेलाई केही झन्डै सवा दुईलाख नगद संकलन गरि सहयोग उपलब्ध गराई सकेको छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top