Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > News

स्व. जस माया राईको अन्त्येष्टी सम्पन्न

Tuesday, 05.26.2015, 08:57pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
      २४ मे, हङकङ–  बगैंचा डटकमका संरक्षक तथा किरात राई यायोक्खा हङकङका अध्यक्ष, समाजसेवी एवं कुशल व्यावशायी शशि मदन राईका ममतामयी आमा स्व. जस माया राईको घर परिवार, आफन्तजन लगायत हङकङबासी नेपालीहरुको बाकुलो उपस्थिति बीच हुङहोम इन्टरनेशनल फनरल होममा अन्तिम श्रद्धाञ्जली दिदै सोहि दिन डाइमण्ड हिलमा किरात राई यायोक्खा हङकङका कुविमी (पूजारी) द्धय श्रेष्ठबहादुर राई र नारायण प्रसाद राईद्धारा किरात राई साम्पाङहरुको संस्कार अनुसार अन्त्येस्टी कार्यक्रम सम्पन्न भयो । 
      
केहि महिना पहिले मात्रै हङकङ आउनु भएकी फोक्सोको क्यान्सरबाट पीडित राईको क्विन एलिजावेथ हस्पिटलमा उपचार गराउने क्रममा गत ५ मेका दिन असामयीक निधन भएको थियो । मृतक राईका १ छोरा शशि मदन राई र २ छोरीहरु निमी राई र अमिता राई स–परिवार हङकङमा बसोबास गर्दै आएका छन् ।
        कुबिमीद्धयको सहयोगमा अन्त्येस्टी पूर्व बस्दै आएको कोठामा, श्रद्धाञ्जली तथा अन्त्येस्टीको क्रममा साथै सोहि रात कि.रा.या.को युनलङ स्थित सामुहिक चुलाघरमा किरात राई साम्पाङको संस्कार अनुसार मृतकको आत्मालाई बाटो लगाउदै नुनतेल फुकाउने कर्मकाण्ड गरि सकिएको भएता पनि आवश्यक प्रकृया पुरा गरी मृतकको मार्थिव खरानी पाए पश्चात केहि दिन पछि नै नेपालमा लगेर समादिन गरेर पूनः आफ्नै घर चुलामा संस्कार अनुसारको सम्पूर्ण कर्मकाण्ड गरिने समेत मृतकका छोरा शशि मदन राईले बताए । 
फोटो– ज्याप स्टुडियो– विक्रम गुरुङ



www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top