Hot News
हङकङ समुद्रमा खसेका एक नेपालीको मृत्यु एक अझै बेपत्त ; हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई
Home > News > News

दोस्रो SS (संखुवासभा) भलिबल कप–२०१५ घान्द्रुक क्लबको पोल्टामा

Tuesday, 05.26.2015, 08:06pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
     २४ मे, हङकङ– चुनमुन बटरफ्लाई बिचको खेल मैदानमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिता दोस्रो एस.एस.(संखुवासभा)कप–२०१५ घान्द्रुक क्लब हङकङको पोल्टामा प-यो । 
       
आयोजक गुरुङ (तमु) समाज संखुवासभा हङकङको संखुवासभा क्लब हङकङ सहित मर्दिखोला क्लब हङकङ, बाग्लुङ क्लब हङकङ, स्याङजा आँधीखोला क्लब हङकङ, पाथीभरा क्लब हङकङ, पुन क्लब हङकङ ए, पुन क्लब हङकङ बि, घान्द्रुक क्लब हङकङ, सनराइज क्लब हङकङ, पर्वत क्लब हङकङ, युनिटी क्लब हङकङ र हलेसी क्लब हङकङ गरी स्थानिय १२ वटा स्पोर्ट टिमहरुले सहभागिता जनाएको उक्त खेलको फाइनलमा पुन क्लब ए लाई पाखा लगाउँदै विजयी बनेको घान्दु्रक क्लबले मेडल, ट्रफी तथा प्रमाण–पत्र संगै १० हजार हङकङ डलर नगद पुरस्कार हाता पा-यो भयो भने दृतिय हुन सफल पुन क्लब ए ले मेडल, ट्रफी तथा प्रमाण–पत्रसंगै ६ हजार हङकङ डलर हात पारेको थियो । त्यस्तै गरी आयोजक र रेफ्रीहरुको निर्णय अनुसार वेष्ट प्लेयर घोषित भएका घान्द्रुक क्लबकै विकाश गुरुङलाई समेत मेडल, ट्रफी, प्रमाण–पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।  
        प्रत्येक खेलमा कुनै न कुनै टिमले नेपालबाट खेलाडीहरु ल्याउँने लहडलाई पछ्याउँदै यसपाली आयोजक टिमले समेत २ जना क्षेत्रिय खेलाडीहरु नेपालबाट ल्याउँनुका साथै चीनमा सम्पन्न बिच भलिबल प्रतियोगितामा सहभागी भई हङकङ आइपुगेका ३ जना माल्दिभ्सका खेलाडीहरुलाई समेत आफ्नो टिममा सहभागी गराएको भएता पनि टिम भित्रै बिना अभ्यास, अनुभव र भाषाको समस्याको कारण पुन क्लब ए संग सेमि फाइनलमै बाहिरिएको थियो । 
       
प्रत्येक वर्ष आयोजना गर्दै लैजाने उदेश्य अनुरुप गत वर्ष सोहि स्थानमा सम्पन्न पहिलो एस.एस.(संखुवासभा) कप–२०१४ आँधीखोला स्पोर्ट टिम एले बाजी मारेको थियो ।



www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top