Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > News

महाभुकम्प र त्यससँगै हालसम्म आएका पराकम्पनले रामेछाप जिल्ला पुर्ण रुपमा प्रभाबित

Monday, 05.25.2015, 07:28am (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार,

२२ मे २०१५, रामेछापका कतिपय भुकम्प पिडितले राहतकको नाममा हालसम्मपनी केही पाएको छैनन् । सदरमुकाम नजिकै रहेको रामेछाप नगरपालिका यि बृद्घा बेलमती कर्साई पटक पकट राहतको लागी राहत बितरण केन्द्रमा आएपनी आफ्नो नाम नै नआएको गुनासो गर्छिन। जिल्लदैवी प्रकोप उद्घार समितीले सबै गाबिसमा राहत बितरण गरिसकेको जनाइएको छ । तर थुप्रै गाबिसमा यस्तै समस्याहरु भेटिएका छन । पर्याप्त राहत नआएकै कारण उहाँहरुको नाम छुट्न गएको बताउछन् रामेछाप नगरपालिका वडा न. ८ का प्रमुख श्याम सुन्दर श्रेष्ठ ।

२०७२ साल बैशाख १२, १३ र २९ गते आएको महाभुकम्प र त्यस सँगै हाल सम्म आएका पराकम्पनले रामेछाप जिल्ला पुर्ण रुपमा प्रभाबित भएको छ । जिल्ला दैबी प्रकोप उद्घार समितिले जनाए अनुरुप हाल सम्म ३९ जनाको भुकम्पका कारण मृत्यु भएको सयौं घाइते भएको र ९९ प्रतिशत घरहरु पुर्ण रुपमा क्षती भएको छ । राहतको नाममा हाल सम्म कतीपय बस्तीमा आधारभुत आबश्यकता त्रिपाल समेत पुग्न सकेको छैन । पुनरबासको लागी त झन कुनै प्रक्रिया नै सुरु भएको छैन । सदरमुकामबाट झण्डै २० किलोमिटर टाढा रहेको फर्पु गाबिसको भूकम्पबाट प्रभावित बनेको छ।यस गाबिसमा झण्डै ६०० घरधुरी रहेको छ । जहाँ जनजाती, दलित लगाएत खस क्षत्रीहरुको बसोबास रहेको छ । रामेछापका कैयौं बस्तीहरु चिरा चिरा भएका कारण पहिरोको उच्च जोखिममा रहेको छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top