Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > News

युएईमा सुनुवार सेवा समाज शाखा गठन

Monday, 05.18.2015, 07:54pm (GMT+6.5)    | Comment | Print | Tell friend

     १५ मे २०१५  का दिन युएईमा सुनुवार सेवा समाज शाखा गठन भएको छ । विभिन्न देशमा सु.से.स. शाखा गठन गर्ने क्रममा युएईमा समेत शाखा गठन गर्न सफलता मिलेको छ । नर बहादुर सुनुवारको अध्यक्षयतमा ११ जना कार्य समिति निर्बिरोध निर्बाचित हुनुको साथै दुई जना सल्लाहकार समेत चयन गरिएको अध्यक्ष नर बहादुर सुनुवारले जानकारी दिनु भयो । नयाँ समितिमा उपाध्यक्ष- मन कुमारी सुनुवार, सचीव- मोहन सुनुवार, सह सचिब- ओम सुनुवार, कोषाध्यक्ष- ज्ञान बहादुर सुनुवार र सदस्यहरूमा- दिपक सुनुवार, दुर्गा सुनुवार, शेर्पा सुनुवार, हेम चन्द्र सुनुवार, बिष्णु सुनुवार, रबिना सुनुवार निर्वाचित हुनु भएको छ भने प्रमुख सल्लाहकारमा खड्क बहादुर सुनुवार र नवीन सुनुवार चयन हुनु भएको छ भने अन्य थप सल्लाहकार अर्को बैठकमा चयन गर्ने अध्यक्ष सुनुवारले बताउनु भयो ।

विभिन्न देशमा सुसेस शाखा गठन गर्ने क्रममा मलेसिया, युएई र कोरिया रहेको कुरा कतारमा कार्यरात पुर्ब अध्यक्ष किशोर सुनुवारले जानकारी दिनु भयो । साथै हाल निर्बिरोध निर्वाचित हुनु भएका कार्य समितीलाई हर्दिक बधाई तथा शुभकमना दिंदै सुसेस शखा गठन गर्नुको मूल उद्देश्य सुनुवारहरु बिच एकता कायम गर्दै धर्म, भाषा, संस्कार, संस्कृति र अश्तित्वलाई जगेर्ना गर्नु उदेश्य रहेको हुनले सबैलाई हातेमालो गर्न  हर्दिक अनुरोध गर्दै कोरियामा पनि चाडैं गठन हुने कुरा बताउनु भयो ।




Hot News

 

SEARCH

Newsletter

Top