Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
Home > News > News

लिम्बुवानद्धारा ६ ठाउँमा राहत वितरण

Saturday, 05.16.2015, 10:12pm (GMT+6.5)    | Comment | Print | Tell friend

२ जेष्ठ, काठमाडौ
पुर्वी नेपालमा लिम्बुवान प्रदेशको आवाज वुलन्द गर्दै आएको प्रभावी राजनीतिक दल संघीय लिम्बुवान पार्टी नेपालले हालसम्म भूकम्प प्रभावित ६ ठाउँमा राहत वितरण गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनको संयोजकत्वमा ललितपुरको लेले, धादिङमा दार्खा र रि गाउँ, सिन्धुपाल्चोक र गोर्खा जिल्लामा राहत वितरण गरेको पार्टीले जनाएको छ । भुकम्प पिडितहरुलाई आवश्यक पर्ने त्रिपाल, म्याट्रेस, चाउचाउ, दाल, तेल, नुन, बाल्टिन, कम्वल, झुललगायतका सामाग्रीहरु वितरण गरेका छन् । भुकम्प प्रभावित क्षेत्रका दुःखमा परेका जनताहरुलाई सहयोग गर्न पार्टीले आफ्नो संगठनहरु सुनसरी र मोरङ र प्रवासमा युके, हङकङ, मकाउ, कतार, साईप्रस, अमेरिका, कोरिया, मलेशिया र दुवईबाट पार्टीका शुभेच्छुकहरुबाट राहत रकम उठाएको थियो । 


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top