Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > News

मंगलबारको शक्तीशाली भुकम्पले रामेछापमा ११ जनाको मृत्यु ६२ जना घाइते

Thursday, 05.14.2015, 09:14pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार,
१४ मे २०१५, मंगलबार आएको शक्तीशाली भुकम्पले रामेछापमा  ११ जनाको मृत्यु हुनुका साथै ६२ जना घाइते भएका छन । मृत्यु हुनेमा ठोसे गाबिसका दानोर्बु शेर्पा, उत्तर बहादुर कार्की, पेमा शेर्पा, चुचुरेका जोगमाया श्रेष्ठ, बलकाजी श्रेष्ठ, गुम्देलका हित बहादुर दर्जी बेतालीका सरिता घिमिरे, गौश्वराका मंगले तामाङ, बाम्तीका दानिमा शेर्पा, नागदहका इन्द्र बहादुर थापा, पुरानागाँउका असोक थापा मगर परेका छन । बिभिन्न गाँउबाट २२ जना घाइतेलाई हेलीकप्टर मार्फत उद्घार गरिएको थियो । घाइतेहरु मध्ये १५ जना उपचारका लागी काठमाडौं ल्याइएको छ भने  बाँकी को रामेछापकै बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भुकम्पका कारण ९५% भन्दा बढी घरहरु पूर्णरुपमा क्षती भएका छन । घर भत्किएपछी नामाडी आरुबोटेका डम्बर बहादुर सुनुवारले पिडितहरुको तत्काल बसोबासका लागी त्रिपालको अत्याधिक माग रहेता पनि माग पूर्ति हुन सकेको छैन भन्नु भयो । बैशाख १२ गतेको महाभुकम्पबाट रामेछापको २५ जनाको मृत्यु हुनुका साथै ९०% घर पूर्ण रुपमा क्षती भएको थियो ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top