Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > News

समीक्षक समाजद्धारा शोक काव्यगोष्ठी कार्यक्रम सम्पन्न

Thursday, 05.14.2015, 04:37pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
          १० मे हङकङ– जोर्डन स्थित नमोबुद्ध क्लबमा समीक्षक समाज हङकङद्धारा गत २५ अप्रिलमा नेपालमा गएको विनाशकारी महाभूपकम्पमा परी ज्यान गुमाउनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक काव्यगोष्ठी कार्यक्रम सम्पन्न गर्यो ।
         यस अघिका कार्यक्रमहरुमा सर्जकका जुनसुकै विधाका राम्रा पुस्तकहरु माथि समीक्षा तथा अन्तरक्रिया गर्दै कार्यक्रम सम्पन्न गर्ने समीक्षक समाजले यस पटकको कार्यक्रममा भने भूकम्पमा परि ज्यान गुमाउनेहरु प्रति श्रृद्धाञ्जली एवं घाइते तथा विरामीहरु प्रति सिघ्र श्वास्थ्य लाभको कामना गर्दै सोहि अनुरुपका आ–आफ्ना सृजनाहरु समेत वाचन गरे ।
         हङकङबासी कवि, साहित्यकार, गायक, चित्रकार तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा समीक्षक समाजका संयोजक हेम कुमार लावती लगायत कवि तथा साहित्यकारहरु हाङयुग अज्ञात, कमल पौडयाल, मनु कङदङवा, पूर्णिमा शाह आदिले भूकम्प पीडितहरु प्रति सहानुभूति सहित अब हामी नेपालीहरु एक भएर देश बनाउँन लागि पर्नु पर्ने सन्देश सहितका कविताहरु पस्किएका थिए भने गायकहरु गणेश पराजुली, निरज राई र एल.बि. सुनुवारले एकता र देशभावले ओतप्रोत गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै गरी चर्चित चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले आमविनाशकारी भूकम्प पश्चातको दर्दनाक अवस्थाबारे सचित्र भावहरु पस्किएका थिए ।
        समीक्षक समाजका संयोजक गीतकार एवं साहित्यकार हेम कुमार लावतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई अर्का साहित्यकार रविन राईले संचालन गरेका थिए ।





Hot News

 

SEARCH

Newsletter

Top