Hot News
लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित ; हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख
Home > News > News

दोलखामा आएको ७.३ रेक्टरस्केलको भूकम्पमा ६५ जनाका ज्यान गयाे

Wednesday, 05.13.2015, 09:08am (GMT+6.5)    | Comment | Print | Tell friend

काटमाडौ-मंगलबार आएको शक्तिशाली भूमक्पले नेपलको दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौ, ललितपुर, भक्तपुर लगायत ३२ जिल्लाका साथै भारत र तिब्बत सम्म असर पुर्‍याएको छ । दोलखा जिल्ला केन्द्रविन्दु बनाएर आएको ७.३ रेक्टरस्केलको भूकम्पमा परि अहिले सम्ममा ६५ जनाले ज्यान गुमाएका छन भने दुइ हजार भन्दा बढी घाइते भएका छन् । मंगलबार मध्यान्न १२:५२ मा आएको भुकम्पले नेपलको मध्यभागका जिल्लाहरुमा थप जनधनको ठूलो क्षती पुर्‍याएको हो ।

मंगलबारको शक्तिशाली भूकम्प पछि पनि लगातार पराकम्पहरु गइरहेको छ । बुधबार विहान २ बजेर ७ मिनेटमा काडमाडौलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टरस्केल, ३ बजेर १० मिनेटमा धादिङ केन्द्रविन्दु बनाएर ५.९ रेक्टरस्केल र दोलखा केन्द्रविन्दु पारेर ४:३८, ८:०८ र ८:२८ मा ४.४ रेक्टरस्केलको भुकम्प गएको छ ।

भूकम्पका कारण रामेछाप र दोलखाका सडकहरु तथा बाटाघाटोहरु अवरुद्ध भएका छन् । भूकम्पले गर्दा पहिरो जानुका साथै ठूला ठूला ढुंगाहरु झरिरहेकाले बांकी रहेका सडकहरुमा यात्रा गर्न जोखिमपूर्ण भएको छ । भूकम्पबाट अतिप्रभावित दोलखा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ ।

गत बैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनासकारी महाभूकम्प पछि यो दोस्रो शक्तिशाली भूकम्प हो । १२ गतेको भूकम्प पछि निरन्तर पराकम्पन आइरहे पनि जनजीवन समान्य बन्दै गएको बेलामा मंगलबार आएको भूकम्पले मानिसमा त्रास तथा मानसिक असर फैलाएको छ । हाल सम्ममा भूकम्पको कारणले ज्यान गुमाउनेको संख्या आठ हजार दुई सय सोह्र पुगेको छ भने अठार हजार भन्दा बढी घाइते भएका छन् ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top