Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
Home > News > News

उद्धारका लागि उडेको अमेरिकी सेनाको मरिन हेलिकप्टर सम्पर्कविहीन

Wednesday, 05.13.2015, 07:03am (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख २९, काठमाडौं

उद्धारका लागि दोलखातर्फ उडेको अमेरिकी सेनाको मरिन हेलिकप्टर 'यूएच-वान-वाई-होय' मंगलबार अपराहन्नदेखि सम्पर्कविहीन भएको छ ।त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, भीई जिरो वान कल साइन भएको यो हेलिकप्टर बिहान ९ बजेर १७ मिनेटमा काठमाडौंबाट उडेको थियो भने ११ बजेर ३७ मिनेटमा काठमाडौं फर्किएको थियो ।विमानस्थल उच्च स्रोतका अनुसार, दिउँसो २ बजे उक्त हेलिकप्टरले चरिकोटबाट 'सर्किट' रिपोर्ट गरेको थियाे । त्यसपछि यो विमान सम्पर्कमा आएको छैन ।कामु महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार, १२ बजेर ५६ मिनेटमा भूइँचालो आएपछि रनवे बन्द गरिएको थियो र २ बजेर ५५ मिनेटमा खुला गरिएको थियो । यसबेला थुप्रै हेलिकप्टर उद्धारका लागि उडेका थिए ।विमास्थलले यो विमान दोलखाको सिगुटे आसपास कुनै प्राविधिक गडबडीले रोकिएको अनुमान गरेको छ । नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले अमेरिकी सेनाको हेलिकप्टर दिउँसो ३ बजेर २५ मिनेटदेखि सम्पर्कविहीन भएको पुष्टि गरे ।अमेरिकी मरिन सैनिकहरुले प्रयोग गर्ने यो जहाज एयरफोर्सको सी १७ कार्गो विमानबाट ल्याइएको थियो । अमेरिकी सेनाको ३६ औं कार्गोमा आएको यो हेलिकप्टर जापानबाट ल्याइएको हो । यस्ता तीनवटा ल्याइएका थिए । 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top