Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > News

भुटानी ढुकढुकी अमेरिकाद्वारा भुकम्प पिडितलाई राहत वितरण

Sunday, 05.10.2015, 07:59am (GMT+6.5)    | Comment | Print | Tell friend

बैशाख २५, काठमाडौं ।

लामो समयसम्म नेपालको मोरङ र झापा जिल्लामा भुटानी शरणार्थीको रुपमा जीवन यापन गरी हाल अमेरिकामा बसोवास गरिरहेका मनकारी हातहरूले भुटानी ढुकढुकी भन्ने संस्थामार्फत भुकम्प पिडितहरूलाई राहत वितरण गरेका छन् । ढुकढुकीका निर्देशक राकेस काफ्लेको पहलमा संकलित ४ लाख पाँच हजारबाट नुवाकोट जिल्लाको अति दुर्गम गाउा खड्क भन्ज्याङ् गाविस अन्तर्गत फिरकोट र कमलवारीका भुकम्प पिडित प्रत्येक ७५ घरपरिवारलाई ढुकढुकीले एक वण्डल कर्कट जस्ता पाता, एक वोरा चामल, चाउचाउ र नुन उपलब्ध गराएको छ । अमेरिका ढुकढुकी पदाधिकारी सिता अधिकारी र खगेन्द्र गजमेर उपस्थितिमा कलाकार, पत्रकार र स्वयसेवकहरूको काठमाडौंबाट गएको टोलीले ति राहत सामाग्रीहरू वितरण गरेका हुन् । करिव २२ वर्ष अगाडि भुटानबाट खेदिएर लगभग एक लाखको संख्यामा नेपालमा शरणार्थि भई दुःख पाएकाहरू क्यानडा, अमेरिका जस्ता मुलुकहरूमा आप्रवास गराउने ति देशहरूको निर्णयानुसार उनीहरू ५ वर्ष अगाडिदेखि अमेरिकी र युरोपियन मुलुकहरूमा बसोवास गर्दै आएका छन् । भर्खरै अमेरिका पुगे पनि आफुले पाएको दुःख जस्तै भुकम्प पिडितहरूले विपत्त व्योरिरहेको सम्झेर राहत वितरणमा जुटेको भुटानी कम्युनिटि अमेरिकाका उपाध्यक्ष सिता अधिकारीले वताउनुभयो । राहत उपयुक्त ठाउँमा साच्चिकै पिडितहरूले पाउन सकुन् भन्ने उद्देश्यले स्थानीय तहको संयोजन र वितरण गर्न गायक धनु ग्याङ्मी र सिडि विजय अधिकारीले सहयोग गर्नुभएको थियो । राहत सामाग्री पुर्याउन र वितरण गर्न श्याम मगर, रमिला ग्याङ्मी, टंक सम्वाहाम्फे, सिडिएम म्यूजिक प्रा.लि.का प्रवन्ध निर्देशक तथा गायिका मनिषा राईले विशेष सहयोग गर्नुभएको थियो ।

 

 



कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top