Hot News
हङकङ समुद्रमा खसेका एक नेपालीको मृत्यु एक अझै बेपत्त ; हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई
Home > News > News

भूकम्पबाट मृत्यु भएकाहरुको स्मृतिमा हङकङमा दीप प्रज्वलन

Saturday, 05.09.2015, 11:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
        ७ मे, हङकङ– चिम्सा चुई स्थित काउलुन पार्क पियाजामा हिन्सको संयोजन र विभिन्न जातिय, क्षेत्रिय, धार्मिक तथा राजनैतिक नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा गत २५ अप्रिल २०१५, शनिबारका दिन नेपालमा गएको विनाशकारी महाभूकम्पबाट मृत्यू भएका हजारौं मृतकहरुको सम्झनामा मैन बक्ति प्रज्वलन गर्दै शोक सभा सम्पन्न भयो ।
हजारौंको संख्यामा नेपाली, स्थानिय चाइनिज लगायत गैह्र नेपालीहरुको उपस्थिति रहेको उक्त शोक सभा कार्यक्रममा नेपाली महावाणिज्यदुत महेश प्रसाद दाहाल, भेनेजुएलाकी महावाणिज्यदुत मिसेस डुब्रास्का ग्रासिया, याउ चिङ मोङ डिस्ट्रीक काउन्सिलर डेरेक, होम अफेयर्सबाट मिस डोराफी, बौद्ध गुरु खेन्पो, हिन्सका अध्यक्ष विनय शाह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी तथा पत्रकारहरुको समेत बाकुलो उपस्थिति रहेको थियो ।  
        कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदुत महेश प्रसाद दाहाल, भेनेजुएलाकी महावाणिज्यदुत मिसेस डुब्रास्का ग्रासिया, याउ चिङ मोङ डिस्ट्रीक काउन्सिलर डेरेक, होम अफेयर्सबाट मिस डोराफी, हिन्सका अध्यक्ष विनय शाह लगायतले मृतकहरु प्रति समवेदना तथा घाइते तथा अपाङ्गहरु प्रति सिघ्र श्वास्थ्य लाभको कामना गर्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए भने बौद्ध गुरु खेन्पोद्धारा प्रार्थना गरिएको थियो । यो सहित आधिकारिक रुपमा ३ वटा संघ संस्थाहरुले दीप प्रज्वलन कार्यक्रम गरिसकेको हङकङमा २ मेमा नेपाली महावाणिज्य दुतावासले सोहि स्थानमा र ३ मेमा “ह्याण्डस फर नेपाल” नामक भोल्युन्टियर ग्रुपले स्टार फेरिमा आयोजना गरेको थियो ।





Hot News

 

SEARCH

Newsletter

Top