Hot News
उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै ; चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित
Home > News > News

बगैंचा डटकम भूकम्प पिडित राहत संकलन अभियानसँगै वेभ पेज सुधार निर्माण कार्य सुरू

Friday, 05.08.2015, 10:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

बगैंचा डटकम प्रतिनिधि

गत २ अप्रील शनिवारको साँझ वान्चाई स्थित ह्योल्मो क्लबमा बगैंचा डटकमको बिषेश बैठक बसेको थियो । बगैंचाका प्र. सम्पादक नरेश सुनुवारको सभापतित्वमा प्रतिनिधि हरिचन्द्र राईको संचालन रहेको बैठकमा बगैंचा डटकमका अधिकांस सक्रीय प्रतिनिधि, सल्लाहकार र संरक्षकको उपस्थिति रेहेको थियो । बैठकमा नेपाल देखि हङकङ आउनु भएका वेभ मास्टर तथा बगैंचा डटकमका संस्थापक एडमिन तथा डिजाईनर दुर्गा सुनुवारको बिषेश उपस्थिति रहेको थियो । परिचायत्मक कार्यक्रमबाट सुरू भएको उक्त बैठकमा बिषेश गरी वेभ सम्बन्धि छलफल भएको थियो र छलफलबाट बगैंचा डटकमको होमपेज सुधार तथा हेरफेरको बारेमा अ-आफ्नो बिचार राखिएको थियो । जस्मा सम्भाब्य र सामाधानको उपायहरू के हुनसक्छ भन्ने बारेमा वेभ मास्टर दुर्गा सुनुवारले संक्षेपमा जनाकारी गराउनु भएको थियो । ततपश्चात यस सम्बन्धि अनुभवी ब्यक्तित्वहरू डिजाईनर दुर्गा सुनुवार, एडमिन तथा फोटो ग्राफर श्याम सुनुवार, एडमिन तथा फोटो ग्राफर बिष्णु प्रसाद सुनुवार, संरक्षक तथा कम्यूटर ईन्टिच्यूटका डारेक्टर शशिमदन राईको संयुक्त पहलमा बगैंचा डटकमको पेजमा जतिसक्दो छोटो अवधि भित्र सुधार गर्ने निर्णय गरिएको थियो ।

त्यसैगरी दोस्रो एजेण्डाको रूपमा बगैंचा डटकमको अधिवेशन जुनको दोस्रो हप्ता भित्र गरिसक्ने निर्णय गरियो भने तेस्रो एजेण्डाको रूपमा २५ अप्रीलको दिन नेपालमा गएको बिनाशकारी महा भूकम्पका पिडितहरूलाई बगैचा डटकमबाट सक्रिय प्रतिनिघि तथा बगैंचा नाईट २०१५ का संयोजक सुवाश राईको संयोजकत्वमा राहत संकलन गर्नै निर्णय गरिएको थियो ।

सो निर्णयलाई आधार मानि ‘बगैंचा डटकम भूकम्प पिडित राहत संकलन’ अभियान सुरू गरिएको छ । जस अनुसार बगैंचा डटकम भूकम्प पिडित राहत संकलन समितिका संयोजक सुवाश राईको पहलमा जोर्डन फेरी स्थित 810B-Tin Wo कम्पनीको कामदारबाट ९ हजार ७ सय ३४ डलर नगद रकम उठेको कुरा संयोजक राईले जानकारी दिनु भएको छ ।

त्यसै गरी वेभ साईटको सुधार निर्माण कार्य निरन्तर भई रहेको कुरा डिजाईनर दुर्गा सुनुवारले जानकारी गराउनु भएको छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top