Hot News
किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई, ; महाअभियोग लगायो भने कार्की भविश्यका लागि पनि अयोग्य घोषित हुनेछन् ; थाहै नदिई पिल्लर गाडेर भारतले जमिन अतिक्रमण गरेको हो
Home > News > News

युनाइटेड क्लबद्धारा भूकम्प पीडितलाई सहयोग

Wednesday, 05.06.2015, 10:03pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
      ६ मे, हङकङ– २५ अप्रिलमा नेपालमा गएको विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएकोमा हाल विभिन्न मुलुक र देश विदेशमा रहेका संघ संस्था तथा व्यक्तिहरु समेत उद्धार तथा राहत कार्यमा लागि परिरहेको अवस्थामा हङकङका दर्जनौं नेपाली संघ संस्थाहरु लगायत हङकङ सरकार आफै पनि यसमा लागि परिरहेको छ । तिनै दर्जनौं संघ संस्थाहरु मध्ये एक दशक अगाडी स्थापना भएको युनाइटेड तेक्वाण्दो अकाडेमीले समेत भूकम्प पीडितहरुलाई राहत श्वरुप नगद रु.१ लाख प्रदान गरेको छ ।
       क्लबका प्रेसिडेण्ट  तथा मास्टर सैलेन्द्र राईका अनुसार मे १, लेबर होलिडेका दिन सम्पन्न युनाइटेड अकाडेमीको वार्षिक भेटघाट कार्यक्रमका क्रममा भूकम्प पीडितहरु प्रति शोक सभा तथा प्रार्थना गर्नुका साथै क्लबका इन्स्ट्रक्टर तथा विद्यार्थीहरुले श्वस्फुर्त रुपमा केहि डोनेशन दिएका र त्यसै रकममा क्लबका प्रेसिडेण्ट राईले थपेर उक्त रकम भूकम्प पीडितहरुलाई पठाएको जानकारी दिए । सो रकमबाट नेपालमै विभिन्न खाद्य सामाग्रीहरु खरिद गरी नेपाल तेक्वाण्दो अकाडेमीका प्रेसिडेण्ट तथा चिफ इन्स्ट्रक्टर अशोक खड्काको प्रतिनिधित्वमा खटिृरहेको भोल्युन्टिरयर टिम मार्फत दुर्गम क्षेत्रका भूकम्प पीडितहरुलाई वितरण गरिने बताउँदै सम्पर्कमा रहेका अशोक खड्काको टिम घटना भएको दिन देखिनै विभिन्न संघ संस्था तथा दाताहरुसंग समन्वय गरी भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको दुर्गम क्षेत्रहरुमा पुगि राहत वितरण गर्दै आएको समेत राईले बताए ।





Hot News

 

SEARCH

Newsletter

Top