Hot News
दोस्रो चरणको निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न, ७०. ५ प्रतिशत मतदान: आयोग ; मतदान केन्द्रनजिकै बम विष्फोट मतदान पुनः चालू ; मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित ; मतदानमा दुर्इ जनाको निधन ; झरिबिच दोस्रो चरणको स्थानीय तहको निर्वाचन सुरू
Home > News > News

हङकङमा किरात सुनुवारहरूले उभौली ष्याँदर पिदार-२०१५ यसरी समापन गरे

Tuesday, 05.05.2015, 08:27pm (GMT+6.5)    | Comment | Print | Tell friend

लोक बिक्रम सुनुवार

३ मे २०१५ आईतवारका दिन सुनुवार समाज हङकङले पार्कभ्यू कन्ट्रीपार्कमा किरात कोईच बिधी अनुसार सामान्य रूपमा ष्यादर पिदार गरी यस बर्षको उभौली रापवा ष्याँदर २०१५ सम्पन्न गरेको छ । कोईच बिधि अनुसार बैशाखे पूर्णिमाको एक दिन अगाडि मूल नासोको घरमा ष्याँदर पिदार उठान गरेर भोलीपल्ट थानमा गई भब्य रूपमा प्रकृति र पितृको पूजा आरधना गरि प्रत्येक सुनुवारको घरघरमा गई बिधिपूर्बक सुरोगाषो (सह) भित्र्याएर ३ देखि ५ दिन भित्र ष्याँदर पिदार समापन गर्ने गरिन्छ ।

हङकङको परिप्रेक्षमा सुनुवार समाज हङकङले बैशाखे पूर्णिमाको दिन सबै सुनुवारहरू भेला भएर ष्याँदर पिदार उठान गरी थानमा गएर भब्य रूपमा प्रकृति र पितृको पूजा आरधना गरि ष्याँदर पिदार समापन गर्ने गरेको छ । तर यस बर्ष नेपालमा गएको विनासकारी महाभूकम्पका कारण ठूलो जनधनको क्षति हुनुको साथै सिङ्गो देश नै संकटमा परेको हुनाले पितृको पूजा नगरी सामान्य रूपमा प्रकृतिको मात्र आरधना गरि विनाशकारी महाभूकम्पका कारण दिबंगत हुनुभएका मृत आत्माहरू प्रति हार्दिक श्रदान्जलीका तथा घाइतेहरुमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मैन बत्ति बालेर एक मिनेट मौनधारण गरेको छ । उक्त दिन सुनुवार समाज हङकङले भूकम्प पिडितहरूको लागि राहात संकलन पनि सुरु गरेको छ ।

आगामी मे महिनाको १७ तारिख सुनुवार समाज हङकङले आयोजना गरेको सुनुवारहरुको माहान चाड उभौली ष्याँदरलाई यो आपत्तिको घडीमा नमनाउने भनि सर्ब सम्मतिबाट निर्णय गरिएको छ । यसको निम्ति सुनुवार समाज हङकङद्वारा विभिन्न संघ सस्थाका अध्यक्ष ज्यूहरुलाई अतिथिको लागि पत्राचार गरिसकिएता पनि कार्यक्रम स्थगित गरिएको हुनाले यसबाट वहाँहरुमा पर्न गएको असर प्रति सुनुवार समाज हङकङले क्षमा याचना गरेको छ ।    


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top