Hot News
किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने, ; हङकङमा सुनुवारहरुको उभौली सालिवा ष्याँदर ; हङकङ निबासी टिनएजर ऋषिले जिते मेडल मङ्गोलियामा, ; यस्तो छ ताजा परिणाम
Home > News > News

सु.से.स. शाखा दोहा कतारद्वारा शुभाकामना सहित भित्ते पात्रो बितरण

Tuesday, 05.05.2015, 08:18pm (GMT+6.5)    | Comment | Print | Tell friend

      किरात कोईच सुनुवारको भाषा, भेषभुषा, धर्म, सस्कृती रहनसहन, इतिहास आदि कुराहरुलाई मध्यनजर गर्दै नेपाल लगायत बिश्वभर छरिएर रहेका कोईच सुनुवार परम्परा जातिय गतिबिधिहरुलाई समाबेस गरि तयार पारेको येले थोचे (किरात सम्बत) बि.सं. ५०७५/७६ तथा नेपाली बि.स. २०७२ सालको कोईच सुनुवार जातिय पहिचानसँग सम्बन्धित सुनुवार भित्ते पात्रो (क्यालेन्डर) सु.से.स. जिल्ला समिती दोलखाको दोस्रो प्रकाशन सु.से.स. खा दोहा कतारमा मिति ०१/०५/२०१५ शुक्रवारको दिन एक कार्यक्रम बिच सु.से.स. शाखा दोहा कतारका पदाधिकारिहरु लगायत शुभकामना दिनुहुने दाताहरुलाई बितरण गरियो।उक्त भित्ते पात्रो सु.से.स. शाखा दोहा कतारका अध्यक्ष नर बहादुर सुनुवार (सोम) ज्युबाट बिज्ञानपनदाता लगयात उपस्थित सम्पुर्ण कोईच सुनुवारलाई शुभाकामना सहित पात्रो हस्थान्तरन गर्नु भएको थियो ।

सोही क्रममा नेपाल प्रबासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा शाखा कतारलाई सौजन्य स्वरुप एक एक प्रती प्रदान गरिएको थियो । बाँकी रहेको पात्रो मूल्य ५ (पाच) कतारी रियलमा बिक्रीबितरण गरेर उठेको रकम केही मात्रामा सु.से.स. शाखा दोहा कतारलाई राखेर बाँकी रकम जिल्ला सु.से.स. दोलखालाई पठाउने निर्णय गरियो ।

 

सामुयल सुनुवार उपाध्यक्ष सु.से.स. शाखा दोहा, कतार




Hot News

 

SEARCH

Newsletter

Top