Hot News
धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी
Home > News > News

हङकङमा दीप प्रज्वलन गर्दै भूकम्प पीडितहरुलाई सम्झिए

Tuesday, 05.05.2015, 11:08am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
       २ मे, हङकङ– चिम्सा चुई स्थित काउलुन पार्क पियाजामा नेपाली महावाणिज्यदुतावासको आयोजना र हङकङको डि.ए.बि. पार्टीको महत्वपूर्ण सहयोगका साथै हङकङ नेपाली महासंघ लगायत अन्य विभिन्न नेपाली संघसंस्था तथा व्यक्तिहरुको समन्वयकारी भूमिकामा गत २५ अप्रिल २०१५, शनिबारका दिन नेपालमा गएको विनाशकारी भूकम्पबाट मृत्यू भएका हजारौं नेपाली तथा विदेशीहरु प्रति मैन बत्ति प्रज्वलन गरेर समवेदना तथा घाइते तथा अपाङगहरुको सिघ्र श्वास्थ्य लाभको कामना गर्यो ।
        हजारौंको संख्यामा नेपाली तथा स्थानिय चाइनिज लगायत गैह्र नेपालीहरुको उपस्थिति रहेको उक्त शोक सभा कार्यक्रममा हङकङका कार्यकारी प्रमुख सि वाई लियोङ, विधान परिषदका अध्यक्ष (सभामुख) साङ याक सिङ र नेपाली महावाणिज्यदुत महेश प्रसाद दाहाल लगायत हङकङका विभिन्न सरकारी उच्च व्यक्तित्वहरुका साथै हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।
         मुख्य भूमि चीनले भूकम्प पीडितहरुका लागि ठूलो मात्रामा मानविय, भौतिक तथा आर्थिक सहयोग गरिरहेको अवस्थामा हङकङ सरकारले समेत ६ मिलियन हङकङ डलर आर्थिक सहयोग दिइसकेको छ भने यहिका धनाड्य लि का सिंले समेत १ मिलियन अमेरिकन डलर सहयोग दिइसकेका छन् ।





Hot News

 

SEARCH

Newsletter

Top