Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > News

भूकम्पमा परि ज्यान गुमाउनेहरुको संख्या अहिलेसम्म ५ हजार ६ सय नाघ्यो

Friday, 05.01.2015, 10:08am (GMT+6.5)    | Comment | Print | Tell friend

       बिहीबार दिउँसोसम्म देशभरबाट ज्यान गुमाउनेहरुको संख्या ५ हजार ६ सय ३० पुगेको सरकारको पछिल्लो विवरणले जनाएको छ भने उपचाररत घाइतेहरुको संख्या अहिले करिब ८ हजार पुगेको छ । हिजो घाइतेको उक्त संख्या १० हजार भन्दा बढी भए पनि त्यसमध्ये धेरै उपचार भएर घर फर्किसकेको बिबरणमा उल्लेख छ ।

उद्धार कार्य जारी रहेकोले मर्नेहरुको संख्या बढ्नसक्ने प्रभावित क्षेत्रका अधिकारीहरुले बताएका छन् । मानवीय क्षति सबैभन्दा बढी हुने क्षेत्रको रूपमा सिन्धुपाल्चोक जिल्लामा भएको छ । त्यहाँ मर्नेहरुको संख्या १७ सय पुगेको छ भने काठमाडौंमा ११ पुगेको छ । भूकम्पको केन्द्रविन्दु गोरखा जिल्लामा मर्नेहरुको संख्या ४ सय नाघेको छ ।

ती क्षेत्रमा हेलिकप्टरबाट उद्वार जारी रहेको छ।देशभरका धेरै ठाउँमा राहत र उद्वार जारी रहे पनि प्रभावित क्षेत्रका धेरै मानिसहरुले अझै आफूले केही पाउन नसकेको गुनासो गरेका छन्।

विभिन्न देशबाट राहतका थुप्रै सामग्री ल्याए पनि त्यसको वितरणमा समस्या हुँदा धेरैले राहतको महसुस गर्न नसकेको सर्वसाधारणको गुनासो छ।

फहोर दुर्गन्धका कारण रोग फैलने सम्भावना भएकोले जनस्वास्थ्यका जानकारहरुले सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।




Hot News

 

SEARCH

Newsletter

Top