Hot News
ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन
Home > News > News

‘अंकल रस’ को अनुकरणीय अभियान

Friday, 05.01.2015, 09:33am (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र किरात

Entrepreneur is someone who has a vision for something and a want to create’ -David Karp को यहि दर्शन र रणनितीका पर्यायवाची हुनुहुन्छ Uncle Russ Coffee Company का मालिक Mr. YB Rai हङकङका नेपाली समुदायमा एक सफल उध्यमीको रुपमा बिशिस्ट किसिमको सफलता, प्रतिष्ठा र पहिचान बनाउनु भएको छ वहाँले । स्पष्ट भिजन, लक्ष उन्मुख योजनाको सफल कार्यन्वयन, लगनशिलता तथा धैर्यता नै सफलताको कडी बताउनु हुन्छ वहाँ । Star Bucks, Pacific Coffee कै गुणवत्तामा आउन सफल कफि बारको Chain business मा कफि रोष्टिङ तथा रिटैल र होलसेल दुबैको आपुर्ति गर्ने उक्त कफि सप Discovery Bay मा एकछत्र लोकपृयता हासिल गरेको छ भने हङकङको बिभिन्न ठाउँहरुमा पनि सफलताको साथ सपहरु सन्चालन भैरहेको छ।अति मिजासको धनी वहाँ असल रोजगारदाताको रुपमा वहाँको Uncle Russ Coffee Company ले हङकङका Home Affairs Bureau बाट पुरस्कृत समेत भै सकेको छ।

ब्यापारको दौडानमा समय मिलाएर हङकङबाटै बिजिनेसमा MBA गर्नु भएका गल्फका सफल खेलाडी तथा टेनिस र बक्सिङमा समेत दख्खल राख्नु हुने वहाँ एक असल फिलान्थ्रोफिस्ट समेत हुनुहुन्छ।खेलकुद, समाज र राष्ट्र प्रती हुरुक्क हुनुहुने मानवतावादी वहाँले देशी, बिदेशी धेरै ब्यक्ति तथा सङ्गठनहरुलाई आर्थिक तथा भौतिक रुपमा सहयोग उपलब्ध गराईरहनु भएको छ।टेनिस सोसाईटिका संरक्षक समेत हुनुभएको वहाँले समान्य देखि लिएर विश्व स्तरका खेलहरुमा समेत प्रायोजन गरिरहनु भएको छ।चर्चा र सस्तो लोकप्रीयताको निम्ति विभिन्न तिकडम गर्नु भन्दा असल काम गरेपछी काम आफै बोल्ने भएकोले कुरा भन्दा काममा जोड दिनु पर्ने वहाँको भनाई छ।

अहिले वहाँ नेपालमा गएको बिनासकारी भुकम्पले निम्त्याएको जनधनको क्षति प्रती अति सम्बेदनशिल बन्नु हुँदै वहाँका ब्याबसाय कम्पनी Uncle Russ Coffee Company मार्फत न्यूनतम ग्यारन्टी हङकङ डलर १ लाख नगद उपलब्ध गराउनु हुने भएको छ।वहाँको प्रत्येक कफि आईटम बिक्रीबाट प्राप्त रकमको १०% भुकम्प पिडित कोषमा जम्मा गर्नु हुनेछ।तर वहाँले त्यो भन्दा कैयौं बढि रकम जुटाउने योजनामा हुनुहुन्छ। यो बिपदको घडीमा सबै नेपाली ब्याबसायीहरुले यस्ता अभियान चलाई नेपाली प्रियजनहरुको पीडा मलाम लगाउदै र नेपाल राष्ट्रको पुननिर्माणमा समाहित हुने आपेक्षा राख्नु हुन्छ सबैबाट।स्मरण रहोस, वहाँको एकल प्रयासले पुर्ब पन्सेटिया स्कुलका निम्ति Discovery Bay मा १० km Charity Race गराई एकै बिहानमा १ लाख ९ सय नगद संकलन गरि स्कूललाई हस्तान्तरण गर्नु भएको थियो।




Hot News

 

SEARCH

Newsletter

Top