Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > News

भूकम्पका कारण ज्यान जानेको संख्या अहिलेसम्म ४ हजार नाघ्यो

Tuesday, 04.28.2015, 07:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

      काठमाडौं, वैशाख १५, भूकम्पका कारण ज्यान जानेको संख्या अहिलेसम्म ४ हजार ३ सय ४७ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ  भने ८ हजार १ सय ५४ जना घाइते भएका छन् । देशभरका भूकम्प प्रभावित क्षेत्रबाट क्षतिको विवरण संकलन गर्ने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । यस्तै उद्धार तथा राहतको काम मंगलबार अझै प्रभावकारी बन्ने सरकारले दाबी गरेको छ ।

एकैपटक धेरै ठाउँमा काम गर्नुपर्ने भएकाले समस्या भएपनि खोज तथा उद्धारलाई प्राथमिकता दिएर काम गरिएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पमा परेकाहरूको सहायताको लागि विभिन्न देशबाट आएका उद्धार टोली र चिकित्सकहरू देशका विभिन्न ठाउँमा खटेर उद्धारमा सक्रिय छन् ।

सरकारले काम भैरहेको बताएपनि पीडितहरुले भने राहत नपाएको गुनासो गरेका छन् । राहत सामाग्री उपलब्ध नहुँदा तथा बजार पसल खुला नहुँदा सामान किनेर पनि खान नपाएको उनीहरुको भनाई छ । काठमाडौंको साँखु, नाङ्लेभारे, ललितपुरको चापागाउँ, बुँगमति, खोकना, लेले लगायतका ठाउँमा अझै पनि उद्धार तथा राहत नपुगेको स्थानीयबासिन्दाले जनाएका छन् । भक्तपुरका कतिपय ठाउँमा अहिलेसम्म पनि सुरक्षाकर्मी र उद्धारको काम थाल्न सकिएको छैन ।

भूकम्प पीडितका लागि विभिन्न संघसंस्था र अन्तर्राष्ट्रिय समुदायले राहत तथा उद्दारका लागि सहयोगको घोषणा गर्ने क्रम जारी छ ।




Hot News

 

SEARCH

Newsletter

Top