Hot News
ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन
Home > News > News

बक्तृत्वकला तथा नृत्य प्रतियोगिता सम्पन्न

Saturday, 04.25.2015, 10:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

विजय मगर, दोहा कतार

नेपाल प्रवासी मगर संघ दोहा कतारको मातहतमा रहेको नेपाल प्रवासी मगर संघ, दोहा एरिया समितिले मिति २०१५ अप्रिल २४ गते शुक्रबारका दिन "सम्पूर्ण मगरहरुको एकता, अहिलेको आबश्यकता" भन्ने मुल नाराका साथ नेपाल प्रवासी मगर संघ दोहा कतारका २०१५/१६ का साँस्कृतिक वाङ्ग तथा दोहा एरिया समितिका अध्यक्ष रबिन मगरको सभापतित्व तथा संयोजकत्वमा र नेपाल प्रवासी मगर दोहा कतारका का.बा. अध्यक्ष महेन्द्र थापामगरको प्रमुख आतिथ्यमा साथै नेपाल प्रवासी मगर दोहा कतारका -केन्द्रिय समिती) महासचिव रमेश कनौजे मगरको संचालनमा दोहाको टपर्फम रेष्टुरेन्टको सभा हलमा मगर तथा गैर मगरहरुको माझमा कार्यक्रम सम्पन्न भयो । उपस्थित सम्पूर्णमा समितिका उपाध्यक्ष खिमानसिं राना मगरले कार्यक्रमको वारेमा जानकारी तथा स्वागत मन्तब्य द्धारा स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रवासी मगर संघ दोहा कतार केन्द्रिय समितिका प्रमुख सल्लाहकार भिम तरामु मगर बिशिष्ट अतिथि हुनुहुन्थ्यो भने अतिथिहरुमा नेपाल प्रवासी मगर संघ दोहा कतार -केन्द्रिय समिति)का सदस्यहरु, कलाकारहरु,खेलाडीहरु तथा मानार्थ सदस्यहरु बबिन र्राई र टेक रर्साईली रहनु भएको थियो । भने सनैया ए एरिया समितिका अध्यक्ष मिन थापा मगर, सनैया बि एरिया समितिका अध्यक्ष बाबुराम थापा मगर, अवुहमर एरिया समितिका चित्र थापामगर, सहानिया एरिया समितिका अध्यक्ष पदम थापामगर, वक्रा एरिया समितिका सचिव शुक्र बहादुर पुलामी मगर हुनुहुन्थ्यो ।

मगरहरुको कला संस्कृति तथा प्रवासमा लुकेर रहेका मगर प्रतिभाहरुको खोजी गर्ने उद्वेश्यले आयोजना गरेकोर् एरिया स्तरिय बक्तृत्वकला तथा नृत्य प्रतियोगिता कार्यक्रममा "प्रवासमा मगर संघ र यसको भूमिका" शिर्षमा भएको बक्तृत्वकला प्रतियोगिताको निर्णय मण्डलमा नेपाल प्रवासी मगर संघ दोहा कतारका केन्द्रिय समितीका प्रमुख सल्लाहकार भीम तरामु मगर, केन्द्रिय समिती सल्लाहकार सदस्य देब बहादुर राना मगर र केन्द्रिय समितीका भाषा तथा लिपि बिभागका संयोजक केशब राना मगर रहनुभएको थियो । यस बिधा तर्फसनैया बि. एरिया समितिका गोबिन्द र्घर्ति मगरले ७०.६६ प्रतिशत अंक ल्याएर पहिलो स्थान हासिल गरे भने सनैया ए एरिया समितिका रेशम आले मगरले ५८.६६ प्रतिशत ल्याएर दोश्रो र दोहा एरिया समितिका उद्धब सारु मगरले ४८.६६ प्रतिशत लराउनु भई तृतिय स्थान हासिल गरेका थिए ।

त्यसैगरि नृत्य तर्फनेपाल प्रवासी मगर संघका -केन्द्रिय समिती)का सल्लाहकार सदस्य जनक थापामगर, मानार्थ सदस्य बबिन र्राई र कला तथा साँस्कृतिक विभागका उपसंयोजक बिजयकुमार मगर निर्णायकमा रहेका थिए । उक्त नृत्य प्रतियोगितामा सनैया ए एरिया समितिका मिन थापा मगरले ३५.३३ प्रतिशत अंक प्राप्त गरि प्रथम स्थान हासिल गरेका थिए भने सनैया बि एरिया समितिका सुदिप पुन मगर र वक्रा एरिया समितिका शुक्र बहादुर पुलामी मगरले ३२ प्रतिशत र २७ प्रतिशत अंक ल्याएर दोस्रो र तेस्रो स्थान हासिल गर्नु भएको थियो । यस बक्तृत्वकला तथा नृत्य प्रतियोगिताको पर्यवेक्षकमा नेपाल प्रवासी मगर दोहा कतार-केन्द्रिय समितीका द्वितिय उपाध्यक्ष शेर बहादुर रोकामगर, केन्द्रिय समितीका कोषाध्यक्ष लिलम चिंदि मगर, केन्द्रिय समितीका सल्लाहकार सदस्यहरु केशब राना मगर र गिरी काउछा मगर, र मानार्थ सदस्य टेक रर्साईली रहनुभएको थियो ।

उक्त कार्यक्रम मा बोल्नु हुँदै प्रमुख अतिथि थापामगरले सम्पूर्ण सहभागी र बिजेताहरुलाई बधाई दिंदै भन्नुभयो यस्तो खालको कार्यक्रमले प्रवासमा छरिएर रहेका प्रतिभाहरुलाई अगाडी बढ्न हौसला दिने साथै कला र संस्कृति बिकासमा ठूलो सहयोग पुग्ने छ । साथै यस किसिमको कार्यक्रम गर्न नेपाल प्रवासी मगर संघ दोहा कतार-केन्द्रिय समिती)को सदैव सहयोग गरिरहने बताउनु भयो । बिजेताहरुलाई प्रमुख अतिथी नेपाल प्रवासी मगर संघ दोहा कतारका कार्यबाहक अध्यक्ष महेन्द्र थापामगरले ट्रफि र कार्यक्रम संयोजक तथा दोहा एरिया समितिका अध्यक्ष रबिन मगरले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।




Hot News

 

SEARCH

Newsletter

Top