Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > News

नेपालमा ठूलो भूकम्प गयो भूकम्पले ज्यान गुमाउनेको संख्या १८ सय ५ पुग्यो

Sunday, 04.26.2015, 11:23am (GMT+6.5)    | Comment | Print | Tell friend

      काठमाडौं, वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.८ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पबाट अहिलेसम्म १८ सय ५ जनाको ज्यान गएको पुष्टि भएको छ ।

घटनाको विवरण संकलन भैरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । देशका विभिन्न क्षेत्रबाट आएको जानकारी अनुसार अहिलेसम्म १८ सय ५ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ ज्यान गुमाउनेहरूमा काठमाडौंमा सबैभन्दा धेरै ७ सय २३, भक्तपुरमा २ सय ५, ललितपुरमा १ सय २५, नुवाकोटमा १ सय ६३, काभ्रेमा ९४, सिन्धुपाल्चोकमा १ सय ५०, गोरखामा ९४ लगायत रहेको छ ।

भूकम्पले बढी क्षति पुगेका ११ जिल्लालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारले धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, गोरखा, नुवाकोट र रामेछाप जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी यी जिल्ला उद्दार तथा राहतको कामलाई तीव्रता दिइएको जनाएको छ ।

यी जिल्लाका सम्पूर्ण शैक्षिक संस्था एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ । भूकम्पपछि शैक्षिक संस्थाका भौतिक संरचनामा क्षति भएको र जोखिम समेत रहेकाले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ । यी जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीलाई भूकम्प पीडितको उद्दार तथा राहातको काममा खटिन पनि सरकारले निर्देशन दिएको छ ।

शनिवार देखि बन्द रहेको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ला भएको छ । आइतबार बिहान ८ बजेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । राहत तथा उद्दार सामग्री लिएर भारत सहितका देशबाट आएका विमान अवतरणका लागि विमानस्थलमा अन्य व्यवसायिक उडान बन्द गरिएको थियो । आज भारतबाट राहत लिएर आएका विमान राहत सामग्री झारेर फिर्ता गएपछि विमानस्थलमा यात्रु विमानका लागि खुल्ला गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top