Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > News

नेवार समाज हङकङको दशै मंकीहिलमा

Tuesday, 10.14.2008, 07:00am (GMT+6.5)    | Comment | Print | Tell friend

हङकङ, १२ अक्टोवर २००८ सोमवार ।

नेवार समाज हङकङले काउलून स्थित मंकीहिलमा वि.सं. २०६५ सालको विजया दशमी नेवारी परम्परा अनुसार हर्ष उल्लासका साथ मनायो । नेवारजाति र अन्यजाति गरी लगभग १५० जना जतिको उपस्थिति रहेको उक्त भेलामा सवैभन्दा जेष्ठ नागरीक श्री रंगलाल श्रेष्ठको हातबाट उपस्थित सबैले टिका जमरा ग्रहण गरेका थिए । हिन्दुहरुको सस्कृति र परम्परागत महान चाड वडादशैको यस कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई समेत निमन्त्रणा गरिएको थियो । मनोरन्जनको लागि कार्यक्रममा विङ्गो चिठ्ठा खेल खेलाउनुको साथै नेपाली डि.जे. संगीत तवला बादक हरि श्रेष्ठबाट प्रस्तुत गरिएको थियो र अन्तमा विभिन्न नेवारी परिकारको भोजसँगै साँझ ७ वजे कार्यक्रम सकिएको थियो ।




Hot News

 

SEARCH

Newsletter

Top