Hot News
नेपालमा लगानीको अवसर बारे अन्तक्र्रिया ; भरतपुरमा च्यातिएका मत मतपत्र आज सर्वोच्च अदालतमा ; काठमाडौंमा फोहरबाट १४ किलोवाट बिजुली उत्पादन ; चुम्लुङ हिम खरिद सहयोगार्थ याक्थुम स्वर्णिम साँझ–४ सम्पन्न ; धनगढीमा आफैले बोकेको बम विस्फोट हुँदाएक जनाको ज्यान गएको छ
Home > News > News

१४ औं विश्व आदिवासी दिवस भव्यताकासाथ सम्पन्न

Tuesday, 08.26.2008, 09:43am (GMT+6.5)    | Comment | Print | Tell friend

१४ औं विश्व आदिवासी दिवस भव्यताकासाथ सम्पन्न

२४ अगस्त, हङकङ ।

नेपाली आदीवासी जनजाति महासंघ हंगकगले १४ औं विश्व आदिवासी दिवस भब्यताको साथ सम्पन्न गरेको छ । विगतका वर्षहरुभन्दा आकर्षक, उच्च व्यवस्थापन र उत्साहको साथ २४ अगस्ट आईतवारको दिन याउमतेई कम्युनिटी सेन्टरमा सम्पन्न गरिएको  थियो । तोकिएको समयभन्दा केही ढिलागरी सुरु भएको कार्यक्रमलाई जनजाति महासंघका महासचिव दल वहादुर मगरले सन्चालन गरेका थिए । संघका अध्यक्ष भुपेन्द्र चेमजोङको सभापतित्व आसन ग्रहणबाट सुरु गरिएको कार्यक्रमा सवै संघसंस्थाका प्रतिनिधिहरु लगायत अन्य व्यक्तित्वलाई अतिथिको रुपमा आसन ग्रहण गराइएको थियो । संघका कोषाध्यक्ष गेन राईको स्वागत मन्तव्य पछि पहिलो वक्ता महासंघका प्रवक्ता भक्त बहादुर दुराले जनजातिहरुको अस्तित्व पहिचान विगत, वर्तमान र भविष्यको विषयमा प्रकाश पार्दै आफ्नो मन्तव्य दिनु भएको थियो । त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि र बिशेष अतिथि हुम बहादुर थापा मगर र हेम लिम्बुले पनि कार्यक्रमको औचित्य र महत्व बारे प्रकाश पार्दै यसलाई पर्वको रुपमा विकसित गरेर लैजानुपर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।

मन्वव्य पछि सम्मान कार्यक्रमको पालो आएको थियो । विगत एक दशक देखि नेपाली आदिवासी जनजातिको हक, हित र अधिकारको पक्षमा सृजनशील अराजक नामक साहित्य आन्दोलन गरेर कविताको माध्यमबाट जनजातिको आवाजलाई बुलन्द बनाउन ठूलो भूमिका खेलेका र हङकङमा आएर पनि यहाँका नेपाली समुदायको सहित्य क्षेत्रमा सकरात्म र सक्रिय भूमिका निभएर महत्वपूर्ण योगदान दिएको ठहर गर्दै सृजनशील साहित्य समाज हङकङका अध्यक्ष हाङयुग अज्ञात सुब्बालाई यस वर्षका आदिवासी वर्ष पुरुषको रुपमा सम्मान गरिएको थियो । त्यस्तै कला संस्कृतिमार्फत आदिवासी जनजातिहरुको आन्दोलनमा अहम भूमिका निभाएको ठहर गर्दै नृत्यकार पूर्णिमा राना मगरलाई नेपाली आदिवासी जनजाति महासंघ हङकङले यस वर्षको आदिवासी चेली घोषित गरि सम्मान गरिएको थियो । दुवै सम्मानित ब्यक्तित्वहरुलाई समारोहका प्रमुख अतिथि हुम बहादुर थापा मगरको बाहुलीबाट सम्मानपत्र, बिशेष अतिथि नेपाली महासंघ अध्यक्ष हेम लिम्बुको बाहुलीबाट पुष्पगुच्छा र आदिवसी जनजाति महासंघ अध्यक्ष भुपेन्द्र चेम्जोङको वाहुलीबाट दोसल्ला ग्रहण गराईएर सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रम समापन हुनु अगाडि जनजाति साहित्य समूहबाट गत बर्षदेखि सुरु गरिएको प्रमाण पत्र सहित १ हजार हङकङ डलर नगद पुरस्कार यो बर्ष आदिवासी शिर्षक रहेको उत्कृष्ट र चर्चित उपन्यासका लेखक तथा साहित्य लेखन यात्राको सुरुदेखि नै जनजाति हक हितको पक्षमा कलम चलाउँदै आउनु भएका र जनजाति लेखकका रुपमा चिनिनु भएका देश सुब्बालाई प्रदान गरियो । स्वतन्त्र पत्रकार राई चन्द्र दुमीको उदघोषणमा अध्यक्ष भुपेन्द्र चेम्जोङको बाहुलीबाट नगद तथा प्रसंशापत्र, नेपाली महासंघ अध्यक्ष हेम लिम्बुको बाहुलीबाट पुष्पगुच्छा वितरण र प्रमुख अतिथि हुम बहादुर थापा मगरको बाहुलीबाट दोसल्ला ओढाईएको थियो । यसैगरी २ युवा जनजाति कवि नरेश सुनुवारलाई जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले कविता संग्रहको लागि र कवि खेरेस देवेन्द्रलाई रुङरीको वयान र नदी किनारा नामक आदिवासी कविताको लागि कदरपत्र दिईएको थियो । उक्त २ कविताकृति जीन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले र रुङरीको बयान यसैबर्ष सिर्जनशील साहित्य समाज हंगकंगले प्रकाशित गरेको थियो ।

यस समारोहमा साँस्कृतिक भेषभुषा तथा आदिवासी जनजातिसाग सम्वद्ध समाग्रीहरु प्रदर्शन गर्नका लागि महासंघले प्रत्येक जनजातिलाई स्टलका रुपमा एक एक टेबुल उपलव्ध गराएको थियो जसमा किरात राई यायोक्खाले बिभिन्न पौराणिक चलन चल्तीको सामग्रीहरु प्रदर्शन गरेको थियो भने किरात यक्थुम चुम्लुङले ऐतिहासिक फोटो र प्रदर्शन गरेको थियो । त्यस्तै सिर्जनशिल साहित्य समाज हङकङ र आदिवासी गितकार समाज हङकङले संयुक्त रुपमा बिभिन्न आदिवासी जनजाति लेखकहरुद्वारा लिखित पुस्तकहरु प्रदर्शनी गरेको थियो ।

पहिलो कार्यक्रमको समापन पछि दोश्रो कार्यक्रममा रमाईलो साँस्कृतिक नृत्यहरु प्रदर्शन गरिएको थियो । भोगेन्द्र राई र सृष्टी सुनुवारको युगल जोडीले संयुक्त रुपमा सन्चालन गरिएको संस्कृतिक कार्यक्रममा राई जातिको साकेवा, लिम्वू जातिको च्याब्रुङ, गुरुङ जातिबाट कृष्ण चलित्र, मगर जातिहरुको कौडा, सुनुवार जातिको ष्याँदर सील, नेवारी नृत्य, डोमेस्टिक हेल्परर्सको संयोजनमा तामाङ सेलो प्रस्तुत गरिएको थियो । यसपल्ट विषेशगरी पहिलो चोटि देखा परेको सुनुवार जातिको नाच ष्याँदर सील आकर्षणको केन्द्र रहेको थियो । त्यही दिन नेपाली आदिवासी जनजाति महासंघको नवौं सदस्य वनेको सुनुवार समाजले प्रस्तुत गरेको नाचमा कलाकारहरुको अगाडिपटि्ट लगाएको विशेष वस्त्र (जाली रुमाल) निक्कै आकर्षक तथा नौलो देखिएको थियो । साँस्कृतिक कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष गेन राई र सदस्य रक्षा गुरुङले गरेका थिए भने भीडियो क्यामेरा श्यामकर्ण सुनुवार र साउण्ड सीस्टमको अपरेशन गर्नेमा लक्ष्मी सम्वाहाम्फे थिए ।

कार्यक्रमको अन्तमा नेपाली आदिवासी जनजाति महासंघका सदस्य अधिराज राईको संयोजकत्वमा नेपालका जातजातिहरुको स्लाइड शो प्रशर्दन गरिएको थियो । त्यस्तै कार्यक्रमकै वीचवीचमा आदिवासी गीतकार समाज हङकङको संयोजनमा गीतकार चन्द्र मादेन र डीवी पालुङवाद्वारा लिखित तथा संगीतकार दिनेश सुव्वा र नागेन्द्र श्रेष्ठको संगीतमा तयार पारिएको आदिवासी गीतहरुको प्रथम पस्तुति समेत भएको थियो । थप नयाँ र आकर्षक कुरा सृजनशील साहित्य समाज र आदिवासी गितकार समाज हङकङको संयुक्त संयोजनमा विविध आदिवासी पुस्तक प्रदर्शन गरिएको थियो । जसलाई प्रत्येक आगन्तुकहरुले चासोका साथ अवलोकन गरेका थिए ।


नरेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top