Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

स्व. कुलदीप सुनुवार स्मृति कोषको प्रथम साधारण सभा सम्पन्न

Saturday, 07.12.2008, 11:50pm (GMT+6.5)    | Comment | Print | Tell friend

१२ जुलाई २००८, काठमाडौं । स्व. कुलदीप सुनुवार स्मृति कोषको प्रथम साधरण सभा सुनुवार सेवा समाज केन्द्रीय भवन कोटेश्वरमा सम्पन्न भयो । सभाका प्रमुख अतिथि कवि श्रवण मुकारुङ हुनुहुन्थ्यो भने अतिथिहरु- जनजाति महासंघका उपाध्यक्ष टेक बहादुर सुनुवार, सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवार, गीतकार शुभ मुकारुङ्ग, सृसास नेपालका संयोजक कवि प्रकाश थाम्सुहाङ, कवि पूर्ण इन्फादा, सुसेस केन्द्रीय सल्लाहकार चम्पक सुनुवार, कवि शशी लुमुम्वु रहनु भएको उक्त कार्यक्रमको सभापतित्व स्मृति कोषका अध्यक्ष टीकाराम मुलिचाले गर्नु भएको थियो । स्मृति कोषका उपाध्यक्ष राजकुमार सुनुवारको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो । स्वागत मन्तव्यको क्रममा उहाँले स्व. कुलदीप सुनुवारको वाल्यकाल, जीवन संघर्ष, अध्ययन, र साहित्य, संगीत र समाज सेवा प्रतिको रुचि अनि योगदान बारे संक्षिप्त जानकारी दिनुका साथै स्व. कुलदीप सुनुवार स्मृति कोषको उद्देश्य प्रष्ट्याउनु भयो । स्व. कुलदीप सुनुवारलाई मानव समाजमा अमर राख्न स्मृति कोषको तर्फबाट साहित्य, संगीत, भाषा जस्ता विषयहरुमा अध्ययनरत नव प्रतिभाहरुलाई सहयोग उपलब्ध गराएर हौसला प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो ।

 

स्वागत मन्तव्य पछि सम्पूर्ण उपस्थित अतिथि महानुभावहरुबाट स्व. कुलदीप सुनुवारको तस्विरमा फूल माल्यार्पण र दीप प्रज्वलन गरी १ मिनेट मौनधारण गरेर स्व. कुलदीप सुनुवारले लेख्नुभएको "मान्छे" शिर्षकको कविता सुश्री मनिला सुनुवारले वाचन गर्नु भएको थियो । त्यसपछि उपस्थित कविहरु- अतित मुखिया, विष्णु श्रापित, उत्तम सुनुवार, खडोस सुनुवार, दिलकुमार सुनुवार, अमृत सुनुवार र प्रेम सुनुवारले स्व. कुलदीप सुनुवार प्रति समर्पित आ-ˆनो कविता वाचन गर्नुभएको थियो ।

 

कविता वाचन पछि मन्तव्यको क्रम सुरु गरिएको थियो । पहिलो वक्ताको रुपमा स्व. कुलदीप सुनुवारका दाजु तथा कुलदीप स्मृति कोषका संरक्षक नरेश सुनुवारले हङकङदेखि टेलीफोन मार्फत स्मृति कोषको प्रगतिको कामना गर्दै उपस्थित सवैलाई धन्यवाद दिनुभयो र यस संस्थाको दीर्घ जीवनको निमित्त कटिवद्ध रहन सम्पूर्ण सदस्यहरुमा आग्रह गर्दै सृसास हङकङका अध्यक्ष तथा कोषका विषेश सल्लाहकार कवि हाङयुग अज्ञातको शुभकामना सन्देश पनि पढेर सुनाउनु भएको थियो । अर्का वक्ता लोकपि्रय सुनुवारले स्व. कुलदीप स्मृति कोषले यसवर्ष देखि प्रत्येक वर्ष साहित्य र संगीत दुई विधामा जनही ने.रु. १० हजारका दरले नव प्रतिभाहरुलाई पुरस्कार प्रदान गर्ने र अगामी वर्षहरुमा पुरस्कारको राशी क्रमिक रुपमा थप गर्दै जाने कुराको घोषणा गर्नु भएको थियो । त्यस्तै हङकङदेखि कोषको निम्ति सहयोग चन्दा दिने दाता र प्राप्त रकमको विवरण सुनाउनु भएको थियो जस अनुसार आजसम्म- श्रीमान/श्रीमति हरिलाल सुनुवारबाट ने.रु. १ लाख १० हजार, कवि हाङयुग अज्ञातबाट ने.रु. १ लाख,  श्रीमान/श्रीमति राम सुनुवारबाट ने.रु. २५ हजार, सुश्री पारु सुनुवारबाट ने.रु. १० हजार र श्री मोहन सुनुवारबाट ने.रु. ३ हजार ७ सय पैतिस प्राप्त भएको जानकारी गराउनु भएको थियो  । अर्का वक्ता कवि प्रकाश थाम्सुङ्गले स्वर्गिय कुलदीप सुनुवारको आत्माको चीर शान्तिको कामना गर्दै यो शोकको समयलाई उर्जामा बदल्नुपर्ने र शोको निम्ति आफूले पुस्तकालय स्थापनामा सक्दो सहयोग गर्ने अनि स्व. कुलदीप सुनुवारको सम्पूर्ण साहित्यिक रचनाहरु प्रकाशन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अर्का वक्ता श्री टंकराम सुनुवारले कुलदीप स्मृति कोषको समृद्धिको कामना गर्नुभयो । प्रमुख अतिथि कवि श्रवण मुकारुङले मन्तव्यको क्रममा- ˆनो पहिलो भेटमा स्व. कुलदीप सुनुवार एक मिलनसार र गम्भिर व्यक्ति रहनु भएको अनि उहाँको दिवंगत पछि बुझ्दा उहाँ एक अत्यन्तै कर्मशिल अनि सिर्जनशिल व्यक्ति रहनु भएको ज्ञात भएको र कुलदीपको समाजिक कार्य गर्ने सपना अपूरै रहेको र त्यो सपनालाई हामीले स्थापना गरेको उहाँको नामको स्मृति कोषले पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । स्वर्गिय कुलदीप सुनुवार शारिरीक रुपमा विलिन हुनुभएपनि उहाँ हामीमाझ एक होईन, अनेकौ रुपमा हामीसागै हुनुहुन्छ । आज यस कार्यक्रममा आतिथ्यको निम्ति नभै स्वर्गिय कुलदीपजी र उहाँका हङकङमा रहनु भएका दाजु कवि नरेश सुनुवारसागको अनन्य मित्रताले यस श्रद्धाञ्जली सभासम्म डोर्यएको भन्दै अˆनो मन्तव्य टुङ्ग्याउनु भएको थियो ।

 

अन्तिम वक्ताका रुपमा समितिका अध्यक्ष तथा सभाका सभापति टीकाराम मुलिचाले आफ्नो उपस्थिति जनाएर कार्यक्रमलाई सफल बनाई दिनुहुने सम्पूर्ण आगन्तुक अतिथिहरुलाई धन्यावाद दिनु भयो र नेपाल रहेसम्म, सुनुवार जाति रहेसम्म अनि मानवमाझ चेतना रहेसम्म स्व. कुलदीप यस जगतमा अमर रहिरहने छन् भन्दै संस्थाको सफल जिवनको निमित्त सम्पूर्ण उपस्थित महानुभावहरुबाट सहयोगको अनुरोध गर्दै सभा विसर्जनको भएको घोषणा गर्नु भएका थियो । कार्यक्रमलाई सुश्री अनुपमा सुनुवार, सुश्री दशमी सुनुवार र कोषका सचिव नितेश सुनुवारले संयुक्त रुपमा संचालन गरेका थिए ।

 

औपचारिक कार्यक्रमको विसर्जनपछि चियापान कार्यक्रम  भएको थियो र लगत्तै बन्दसत्रको कार्यक्रम सुरु भएको थियो । यस बन्दसत्रमा लोकपि्रय सुनुवारको संयोजकत्वमा निर्वाचन समिति चयन गरी सर्व सहमतिबाट ११ सदस्यिय नयाँ कार्य समिति गठन गरियो । नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष टिकाराम मुलिचा, उपाध्यक्ष राजकुमार सुनुवार, सचिव नितेश सुनुवार, सह-सचिव मनिला सुनुवार, कोषाध्यक्ष नानुमैया सुनुवार, र सदस्यहरु- ओम बहादुर सुनुवार, उत्तम सुनुवार, चम्पक सुनुवार, समिर मुखिया सुनुवार, सुशिला सुनुवार, र सागरकृष्ण सुनुवार रहनुभएको छ ।

 

- दिनेश कुमार श्रेष्ठ / दुर्गा कुमार सुनुवार


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top